पढ्न करिब 1 मिनेट लाग्छ

बैशाख २०, काठमाडौं । बंगालको खाडीको मध्य पश्चिमी भेगमा विकसित भएको चक्रवात ‘फानी’को प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव नेपालमा समेत पर्ने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सोही प्रभावले आज शुक्रवारदेखि हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रवार भारतको ओडिसा तटिय क्षेत्रमा भित्रिने फानीको प्रभाव नेपालमा सोझै नभित्रिए पनि मौसमी उतारचढाव भने रहने बताउँदै महाशाखाले बुलेटिन जारी गरेको छ ।

‘चक्रवात नेपालतर्फ आउने संभावना अहिलेसम्म नदेखिए पनि यसको प्रभावबाट नेपालको पूर्वी, मध्य क्षेत्रमा शुक्रवार र शनिवार मौसम केही प्रभावित भई मेघ गर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने देखिएको छ’– महाशाखाद्धारा विहिवार साँझ जारी विज्ञप्तीमा उल्लेख छ ।

हिमाली भेगमा हल्का हिमपात हुने र आइतवारदेखि मौसममा क्रमिक सुधार आउने बताइएको छ ।