२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गलत नियतका व्यक्ति प्रहरी सङ्गठनमा अटाउँदैनन् : सर्वेन्द्र खनाल

२०७६, ९ जेष्ठ बिहीबार १२:००

 जेठ ९ काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकले महसुस गर्ने गरी कर्तव्य निर्वाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ मातहतका प्रहरी कर्मचारीलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सङ्गठनको उद्देश्यअनुसार राजधानीको सुरक्षा व्यवस्थालाई नमूना बनाउने गरी अपराध नियन्त्रणमा सक्रिय हुन आग्रह गर्नुभयो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिकसँग समन्वय गरेर काम गर्नुपर्नेमा महानिरीक्षक खनालले जोड दिनुभयो । उहाँले कानून कार्यान्वयनमा उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो । सङ्गठनमा आँच आउने कार्य गर्न कसैलाई छुट नभएको खनालको भनाइ थियो । उहाँले भन्नुभयो, “गलत नियत भएकालाई कुनै छुट छैन, त्यस्ता व्यक्ति प्रहरी सङ्गठनमा अटाउन सक्दैनन् ।” उहाँले विशिष्ट व्यक्तिको सुरक्षा, सडक सुरक्षा र नागरिकसँग प्रत्यक्ष सहकार्य गर्ने प्रहरीको बोली, व्यवहार र क्रियाकलाप सरल तथा स्वच्छ हुनुपर्ने बताउनुभो । 

 महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई पक्राउ गरी कानूनी दायरामा ल्याइने बताउनुभयो । छ महीनाको अवधिमा मादक पदार्थ सेवन  नियन्त्रण र लागूऔषध बरामदमा उल्लेख्य सफलता प्राप्त भएको जानकारी दिनुभयो । उहाँले बेरुजु फछ्र्योटमा प्रहरी सफल भएको र आपराधिक गतिविधि नियन्त्रणमा सफलता प्राप्त भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने