२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’ हाम्रो अभियान होः प्रम

२०७६, २२ जेष्ठ बुधबार १०:५६

जेठ २२, काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’ भन्ने सरकारको राष्ट्रिय अभियानमा सामेल हुन सबैलाई आह्वान गर्नुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज  भिडियो सन्देश दिँदै उहाँले जमीन अझ हराभरा बनाउन यस वर्षलाई फलफूल तथा वृक्षरोपण वर्षका रुपमा मनाउँदै  अभियानलाई निरन्तरता दिइएको बताउनुभयो । 

गत  वर्ष फलफूलका बिरुवा रोप्ने महाअभियान चलाएर देशभर करीब २३ लाख फलफूलका विरुवा रोपिएको जानकारी उहाँले दिनुभयो । हरेक वर्षजस्तै आज नेपालमा पनि ‘स्वच्छ वायु स्वस्थ्य जीवन’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइँदैछ ।

 कुल जमीनको करीब ४५ प्रतिशत भूभाग वन क्षेत्र तोकिएको बताइएको  छ । 

पृथ्वीमा अस्वाभाविक ढङ्गले जलवायु परिवर्तन भइरहेको र वातावरण प्रदूषणले  पृथ्वीको तापक्रम बढाउँदै यस परिवर्तनलाई तीव्रता दिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । “यसका कारण हाम्रा हिमाल पग्लिरहेका छन् । अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि, भूक्षय, बाढीपहिरो जस्ता विपत्तिहरु बढिरहेका छन्”, उहाँले भन्नुभएको छ ।

दूषित हावाबाट वर्षेनी ७० लाखको मृत्यु

हामीले खाने खाना, पिउने पानी र  श्वास फेर्ने हावासमेत प्रदूषित हुँदै गइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक वर्ष विश्वभर दूषित हावाकै कारण करीब ७० लाख मानिसको मृत्यु हुने गरेको बताउनुभएको छ । वायुमण्डलमा बढ्दै गएको प्रदूषण कम गर्न सबैले आफ्ना ठाउँबाट पहल गर्न ढिला गर्न नहुने उहाँको भनाइ छ ।

स्वच्छ वातावरणमा जीवनयापन गर्ने र बाँच्न पाउने अधिकारलाई मौलिक अधिकारका रुपमा सुनिश्चित गरिएको तथा सन्तुलित, दिगो एवं तीव्र आर्थिक र  सामाजिक विकासका लागि वातावरणमैत्री नीति तथा प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने सरकारको मूल नीति रहेको सन्देशमा जनाइएको छ । 

प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “विश्वमा भइरहेको वातावरणीय असन्तुलनमा हाम्रो खासै नकारात्मक भूमिका छैन । त्यसैले बिग्रिएको र बिगिँ्रदै गएको वातावरणप्रति चिन्तित रहन र यसलाई सुधार्न वातावरण संरक्षण र मानवजातिको हितका लागि हामीले विश्वलाई नै आह्वान गर्नुपर्ने अवस्था आएको छ ।  त्यही उद्देश्यले सरकारले यस वर्ष सगरमाथा संवादको आयोजना गर्दैछ । यस संवादमार्फत संसारभर जलवायु परिवर्तन र यसका दुष्प्रभावका बारेमा सार्थक बहस शुरु गरिने उहाँको भनाइ छ ।

नियमित कार्यकै रुपमा सरकारले विभिन्न हिमालसहित सगरमाथा सफाइ अभियान अघि बढाइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक मानवीय क्रियाकलापले वातावरणीय असर पार्ने भएकाले त्यसलाई ख्याल गरेर सबैले बानी व्यहारमा ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ । उहाँले वातावरण प्रदूषण रोक्ने सरकारको अभियानमा सदैव क्रियाशील हुन सबैलाई आह्वान पनि गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा