२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यालय जागिर खाने ठाउँ होइन, देश बनाउने ठाउँ हो : शिक्षामन्त्री पोखरेल

२०७६, २८ जेष्ठ मंगलवार ०१:४१

जेठ २८ , खोटाङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय जागिर खाने ठाउँ नभई देश बनाउने ठाउँ भएको बताउनुभएको छ । कतिपय शिक्षक विद्यालयलाई जागिर खाने थलोको रूपमा मात्र लिएर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने गरेको भन्नुहुँदै उहाँले सिकाई केन्द्रित भएर विद्यालयमा काम गर्न शिक्षकलाई निर्देशन दिनुभयो ।

 खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित शारदा माध्यमिक विद्यालयको ६७औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा सोमबार उहाँले विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटित गराउने काम शिक्षकको भएको बताउनुभयो । “सबैभन्दा राम्रा मान्छे शिक्षण पेशामा आउने हो”, उहाँले भन्नुभयो, “सक्नुहुन्छ भने शिक्षण पेशा गर्नुहोस्, यदि सक्नुहुन्न भने शिक्षण पेशा छाडेर अन्य पेशा अपनाउनुहोस् ।”

विभिन्न कार्यक्रमका लागि आफ्नो गृहजिल्ला खोटाङ आउनुभएका शिक्षामन्त्री पोखरेलले शिक्षकले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु भनेको देशमाथि खेलवाड गर्नु भएकाले सबै शिक्षकले ध्यान दिनुपर्ने बताउनुभयो । “अबको शिक्षा सीपयुक्त शिक्षा हुनेछ”, उहाँले भन्नुभयो, “१२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीले कम्तीमा एउटा पेशा अँगाल्न गक्नेगरी सीप हासिल गराउने योजनामा सरकार लागिपरेको छ ।”

शिक्षामन्त्री पोखरेलले परम्परागत शिक्षाले देशमा बेरोजगार मात्र उत्पादन गरेको भन्नुहुँदै सरकारले पछिल्लो समय प्राविधिक शिक्षामा जोड दिएको बताउनुभयो । “पारस खड्काहरु क्रिकेट खेलेर पनि आफ्नो भविष्य बनाउन सफल भएका छन्”, उहाँले भन्नुभयो, “आगामी दिनमा विद्यार्थीको इच्छा, चाहना र क्षमताको आधारमा अध्ययन गराउने गरी शिक्षा योजना बनाउने काम भइरहेको छ ।”

आफ्नो क्षेत्रमा सञ्चालित विद्यालयमा रिक्त रहेका शिक्षक पदपूर्ति गर्दा शिक्षक सेवा आयोग उत्तीर्ण गरेका व्यक्तिलाई मात्र भर्ना गर्न उहाँले स्थानीय सरकारलाई आग्रह गर्नुभयो । “सरकारले दक्ष शिक्षक उत्पादन गर्न शिक्षक सेवा आयोगमार्फत विज्ञापन आह्वान गरेको छ”, उहाँले भन्नुभयो, “भोटका आधारमा र नातागोताका आधारमा शिक्षक भर्ना नगर्नुहोला, त्यसरी भर्ना गरिएका शिक्षकबाट गुणस्तरीय शिक्षा सम्भव छैन ।”

देशमा राहत शिक्षकको पनि महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुहुँदै उहाँले राहत शिक्षकका लागि निश्चित मापदण्ड बनाएर स्थायी गर्ने प्रक्रियामा लाने तयारी गरिएको बताउनुभयो । सोमबारै खोटाङ आउनुभएका शिक्षामन्त्री पोखरेल आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गरिएको महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको उद्घाटन कार्यक्रममा सहभागी हुनुहुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा