२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन शुरु

२०७६, १५ असार आईतवार ०६:२८

असार १५, काठमाडौँ । स्वदेशमै रोजगारीे सिर्जना गरी युवालाई देशको आर्थिक, सामाजिक तथा भौतिक विकासमा लगाउने उद्देश्यले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन¬¬–२०७६ शुरु गरिएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि राजधानीमा शुरु भएको उक्त सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । 

आन्तरिक श्रममा युवाको आकर्षण बढाउने, श्रम सम्बन्ध सुदृढ बनाउने, श्रम र रोजगारीका नवीनतम् र सिर्जनात्मक पाटा उजागार गरी यस क्षेत्रको विकासबाटै  गतिशील अर्थतन्त्र निर्माण गर्दै मुलुकको समृद्धिमा योगदान पु¥याउने उद्देश्यले सो सम्मेलन आयोजना गरिएको हो । 

दुई दिनसम्म चल्ने सम्मेलनमा श्रम तथा रोजगारका क्षेत्रमा सरकारले चाल्नुपर्ने कदम, निर्माण गर्नुपर्ने ऐन, कानून, नीतिलगायत विषयमा छलफल हुनेछ । श्रम, रोजगार क्षेत्रका चुनौति, रोजगारी तथा सीपको सम्भाव्य क्षेत्र पहिचान गर्ने विषयमा पनि छलफल हुने श्रम मन्त्रालयले जनाएको छ । 

सम्मेलनको पहिलो दिन आज श्रम तथा रोजगारसम्बन्धी नीति पुनरावलोकनका पक्ष, श्रम आप्रवासन तथा विदेशबाट फर्किएका युवाको पुनः एकीकरण र कामको भविश्यका सम्बन्धमा यस क्षेत्रका जानकारले प्रस्तुत गर्ने कार्यपत्रमा सम्बन्धित विज्ञले टिप्पणी गर्ने भएका छन् । 

सोमबार नेपाली श्रम बजार र आय स्थितिको सिंहावलोकन, कार्य संस्कृति र श्रम मर्यादा, नेपालमा युवा उद्यमशीलता, रोजगारी र सूचना प्रविधि, श्रम उत्पादनशीलता, राष्ट्रिय अर्थतन्त्र र रोजगारीका लागि सीप विकास विषयमा सामूहिक छलफल हुनेछ । सम्मेलनबाट प्राप्त सुझावका आधारमा श्रम तथा रोजगार क्षेत्रमा थप रणनीतिक कार्यक्रम सञ्चालन गर्न सघाउ पुग्ने सरकारको विश्वास छ । सो सम्मेलनले आन्तरिक रोजगारी सिर्जनाका उपाय पहिचान गरी नीतिगत सुधार तथा कार्यान्वयनको पक्ष सुदृढीकरणका लागि साझा धारणा तयार गर्ने भएको छ । 

सम्मेलनमा सरकारी निकाय, निजी क्षेत्र, विभिन्न ट्रेड युनियन, श्रम तथा रोजगार क्षेत्रका विज्ञ, विकासका साझेदार र गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो