२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्तान आफ्नो हो/होइन शङ्का गर्छन् आमाबाबु

२०७६, ३० असार सोमबार १६:३२

सञ्चिता घिमिरे, असार ३०, काठमाडौँ  । साता दिन पहिले मात्रै खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा एक महिला आफ्नो २१ वर्षीय छोराको ‘डिएनए’ परीक्षणका लागि आइपुग्नुभयो । विवाह भएको १९ वर्षपछि र छोरा १८ वर्षको हुँदादेखि शुरु भएको तनावका कारण उहाँ अदालत हुँदै यहाँसम्म आइपुग्नुभएको थियो । 

वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले स्वदेशमा बस्न थालेदेखि नै आफू र छोरालाई शङ्का गर्ने गरेको ती महिलाले बताउनुभयो । पटकपटकको झगडापछि उहाँले अदालतमा माना चामलका लागि मुद्दा हाल्नुभयो । त्यही मुद्दा अहिले तीन वर्षसम्म टुङ्गिएको छैन । डिएनए परीक्षण गरेर आफ्नो अधिकार लिने मात्रै नभई, लागेको आरोप पनि पखाल्न लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “रिपोर्ट हुलाकमार्फत नै जाने भएकाले आउनु पर्दैन भन्नुभएको छ ।” 

छोराछोरी निकै ठूला भइसकेपछि पनि ‘मेरो सन्तान होइन’ भनेर श्रीमान्ले शङ्का गरेपछि ती महिला परीक्षणका लागि आउनुभएको प्रयोगशालाका सूचना अधिकारी दिनेशकुमार झाले बताउनुभयो । उहाँका अनुसार महीनामा झण्डै तीन चार जनासम्म बाबु प्रयोगशालामा ‘सन्तान हो÷होइन शङ्का लाग्यो, डिएनए परीक्षण गराउन चाहन्छु’ भनेर आउने गरेको उहाँको भनाइ छ । अदालतबाट आउने मुद्दामा सबैभन्दा बढी अंश मुद्दा हुने गरेको छ । आमाभन्दा बढी बाबु विवादित हुने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आमा र बाबु दुवै विवादित भएका दुई तीन वटा मात्रै मुद्दा आएको छ ।”

उहाँका अनुसार उमेर ढल्किएकामा समेत आफ्ना सन्तानसँग अविश्वास रहेको पाइन्छ । साठी वर्ष वा त्योभन्दा बढी उमेरका समेत डिएनए परीक्षण गरेर सन्तान आफ्नो हो÷होइन भनेर जान्न चाहन्छन् । उहाँले भन्नुभयो, “हामीले महीनैपिच्छे यस्ता व्यक्तिलाई फर्काइरहेका छौँ ।”

अर्काे एउटा घटनामा केही समय पहिले आफूसँगै परिवारका अरु सदस्यलाई हङ्कङ लैजान एक पुरुष दुई सन्तानको डिएनए परीक्षण गर्न आए । उनीसँग आएका दुई सन्तानको परीक्षण पनि भयो । उनीहरुमध्ये एक जनाको नतिजा सकारात्मक र एक जनाको नकारात्मक आयो । प्रयोगशालाले अहिलेसम्म त्यो नतिजा उनीहरुलाई दिएको छैन ।

प्रयोगशालाले सम्भव भएसम्म बाबु र आमा दुवैको डिएनए परीक्षण गर्दै आएको भए पनि यो घटनामा बाबु र सन्तानको मात्रै डिएनए परीक्षण गरिएको थियो । प्रयोगशालाले अहिले पनि आमाको डिएनए परीक्षण गर्नुपर्ने भन्दै प्रतिवेदन दिएको छैन ।

यी दुई उदाहरण जस्तै समाज परिवर्तन हुँदै जाँदा समाजमा यी र यस्तै घटना बढ्न थालेका छन् । प्रयोगशालाले मुख्यगरेर अदालत र त्यसबाहेक अध्यागमन विभाग लगायतको सिफारिशमा मात्रै डिएनए परीक्षण गर्दै आएको छ । प्रयोगशालामा कतिपय व्यक्तिले आफ्ना सन्तान आफ्नो हो÷होइन शङ्का लागेकै भरमा परीक्षणका लागि आउने गरेको उहाँले बताउनुभयो । कतिपयको भने मेरो सन्तान हो भनेर विश्वास गरेर डिएनए परीक्षण गर्न आउँदा नतिजा नकारात्मक नतिजा आएको पाइन्छ ।

 डिएनए परीक्षण गर्न पाउने अधिकार भए पनि व्यक्तिगतरूपमा आएका मुद्दामा राय दिने नगरिएको झाले बताउनुभयो । अध्यागमनको प्रयोजनका लागि डिएनए परीक्षण गर्ने गरिएकाले कतिपयले झुठो बोलेरसमेत परीक्षण गराउन चाहने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पूरै कागजात हेरेर मात्रै काम अघि बढाउँछौँ ।”

नेपालमा विसं २०६२ बाट मानिसको डिएनए परीक्षण शुरु हुँदाभन्दा अहिले डिएनए परीक्षण थप विश्वसनीय भएको प्रयोगशालाका निमित्त कार्यकारी अधिकृत वीरेन्द्रराज शाक्यले बताउनुभयो । अहिले २७ वटा गुणका आधारमा आमाबाबु र सन्तानको डिएनए परीक्षण हुने गरेको उहाँले बताउनुभयो ।

डिएनए परीक्षण शुरु हुँदा १६ वटा गुणका आधारमा परीक्षण गर्ने गरिएकामा केही वर्ष पहिलेबाट २४ वटा गुणका आधारमा परीक्षण हुने गरेको थियो । दुई वर्ष पहिलेदेखि थप तीन गुणसमेत गरेर २७ वटा गुणका आधारमा परीक्षण भइरहेको छ । उहाँले भन्नुभयो, “यसले निर्दाेष व्यक्ति बाबु हो भनेर प्रमाणित हुँदैन ।”

नेपालमा अहिले तीन किसिमको डिएनए परीक्षण हुने गरेको छ । आमा, बाबु र सन्तानको डिएनए परीक्षणले सबैभन्दा विश्वसनीय हुने झाले बताउनुभयो । केही वर्ष पहिलेदेखि पितृत्व पुस्ता निर्धारण गर्ने र मातृत्व पुस्ता निर्धारण गर्ने परीक्षण हुँदै आएको उहाँले बताउनुभयो । यी दुवैमा एउटा व्यक्तिको डिएनए सयौँ पुस्तासम्म मिल्न सक्छ ।

यसले यकिन गरेर व्यक्ति पहिचान नगरे पनि पुस्ता देखाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि घटनामा व्यक्ति नै पहिचान नगरेपनि एउटा दिशातर्फ निर्देशन गर्छ ।” प्रयोगशालाले दुई वर्ष पहिलेदेखि जनावरको समेत डिएनए परीक्षण शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने