Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मेक्सिको पार गरी आउने कागजातविहीन आप्रवासीलाई शरण नदिइने : अमेरिका

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार&nbsp;३०, वासिङ्टन (रासस÷एएफपी)&nbsp;&nbsp;।</b> अमेरिकी प्रशासन केन्द्र ह्वाइट हाउसले सोमबारदेखि मेक्सिकोसँगको दक्षिणी सिमाना पार गरी अमेरिका प्रवेश गर्ने आप्रबासीलाई दिइदै आएको शरणसम्बन्धी प्रावधानमाथि रोक लगाउने घोषणा गरेको छ ।&nbsp;</p><p>कागजातविना नै अमेरिका प्रवेश गरी शरणार्थीको मान्यताका लागि पर्ने निवेदनलाई नियन्त्रण गर्ने प्रयासस्वरूप अमेरिकी ट्रम्प प्रशासनले उक्त कदम चालेको हो ।&nbsp;&nbsp;</p><p>“संयुक्त राज्य अमेरिका एक उदार मुलुक हो तर दक्षिणको बाटो अमेरिका प्रवेश गर्ने सयौँ हजार आप्रबासीका कारण अनावश्यक दुःख तथा झन्झटको सामना गर्नु परेको महशुस भएको छ,” अमेरिकी महान्यायाधिवक्त बिल बारद्वारा जारी वक्तव्यमा भनिएको छ ।</p><p>उहाँले भन्नुभयो, “दक्षिण हुँदै अवैधरूपमा प्रवेश गर्ने आप्रबासी रोकबारे यो नियमले अमेरिकाको शरणार्थी व्यवस्थापन कानूनलाई प्रभावित पारी आर्थिक उपार्जनका लागि अमेरिका प्रवेश गर्ने गलत परिपाटीलाई नियन्त्रण गर्नेछ ।”&nbsp;</p>