Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

१८ प्रतिशतले बढाइयो उच्चपदस्थको तलब

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १८, काठमाडौं । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्का दुवै सभाका सदस्यम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन १ गतेदेखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब वृद्धि गरेको हो ।

सरकारले जेठ १५ मा ल्याएको बजेटमा राष्ट्रसेवक (कर्मचारी)को तलब वृद्धि गरेको थियो । कार्यालय सहायकदेखि नायव सुब्बासम्मको २० र अधिकृतदेखि मुख्यसचिवसम्मको तलब १८ प्रतिशतले वृद्धि गरिएको थियो ।

त्यति बेला सरकारले विशिष्ट पदाधिकारीकारीको  वृद्धि गरेको थिएन । पदाधिकारीको सेवा सुविधा छुट्टै ऐनका आधारमा तोकिने भएकाले बजेट भाषणका क्रममा तलब वृद्धि नगरिएको हो ।

स्रोतअनुसार राष्ट्रध्यक्षको तलब मासिक २७ हजार ८१ लाख रुपैयाँ बढेको छ । राष्ट्रपतिको तलब  १ लाख ५० हजार ४०० बाट बढेर १ लाख ७७ हजार ५३१ पुगेको छ ।

उपराष्ट्रपतिको तलब मासिक १ लाख ६ हजार ३० बाट बढेर १ लाख १५ हजार ११५ पुगेको छ ।

त्यसैगरी प्रधानमन्त्रीको तलव ७७ हजार २८० बाट बढेर ९१ हजार १९० पुगेको छ ।

यो समाचार कान्तिपुर दैनिकमा बलराम बानियाँले लेखेका छन् ।