Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनको मूल्य दिनप्रतिदिन बढ्दै, एकै दिन १५ सयले वृद्धि कति पुग्यो ? हेर्नुहोस

By साझासवाल 2 मिनेट पढाइ

<p>साउन २२, काठमाडौँ | साउनको तेश्रो साता देखि सुनको मूल्य लगातार दिनप्रतिदिन&nbsp; बढी रहेको छ |&nbsp; बुधबार एकै दिन प्रतितोलामा १५ सय रुपैयाँ बढेको छ । हिजो ६८ हजार रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुन आज बढेर ६९ हजार ५ सय रुपैयाँ पुगेको हो । जुन मुल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।<br></p><p>आज छापावाल सुनको मूल्य एक हजार पाँच सय रुपैयाँले बढेर ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर ६९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ | </p><p>अमेरिका र चीनबीचको व्यापार युद्धका कारण सुनको भाउ निरन्तर उकालो लागेको व्यवसायीहरु बताउछन&nbsp; |</p>