२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मृत्युपछि पोलिने अङ्ग अरुका लागि काम लाग्छ’

२०७६, ४ भाद्र बुधबार १७:३४

भदौ ४, काठमाडौँ | अङ्गदान र  अङ्ग प्रत्यारोपण क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने ध्येयले ‘दानवीन’ टेलिचलचित्र निर्माण भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको संयुक्त प्रयासमा निर्माण भएको सो चलचित्रमा मह जोडीले (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) मुख्य अभिनयको भूमिका निर्वाह गर्नुभएको छ । 

उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा आज सो टेलिचलचित्रको प्रथम प्रदर्शन सम्पन्न भयो । सो अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन लगायतको सहभागिता रहेको थियो । 

अङ्गदान र प्रत्यारोपण गर्नेले पनि समाजमा अन्य व्यक्तिसरह सामान्य दैनिक जीवनयापन गर्न सक्दछन्, मृत्यु अगाडि  मस्तिष्क मृत्यु भएका परिवारले मञ्जुरीनामा दिएमा दुई मिर्गौला, दुई फोक्सो, एक मुटु, एक कलेजो, एक प्याङक्रियाज, एक सानो आन्द्रा दान भई ती अङ्ग फेल भएका व्यक्तिलाई बचाउन सकिने लगायतका सन्देश टेलिचलचित्रमा प्रवाह गरिएको छ । 

महजोडीका साथमा वरिष्ठ कलाकार वसुन्धरा भुसाल, राजाराम पौडेल, नरेन्द्र कंशाकार लगायतको जीवन्त अभिनय सो चलचित्रमा मृत्युपछि डढेर वा पोलिएर जाने अङ्ग अरुका लागि जीवन बचाउन काम लाग्ने भन्दै अङ्गदान गर्न अभिप्रेरितसमेत गरिएको छ । 

सो अवसरमा उपप्रधानमन्त्री यादवले अङ्ग दानका बारेमा आम जनतालाई जानकारी दिन आवश्यक रहकामा जोड दिँदै मन्त्रालयले आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो । केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्युपश्चात् अङ्ग दान गर्न सकिनेहुँदा र अङ्ग दान गर्न  सबैलाई आग्रह गर्नुभयो । यस केन्द्रले हालसम्म ६५८ जनाको मिर्गौला प्रत्यारोपण, तीन वटा कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार