Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

बजेट जेठ १५ गते दिउँसो ४ बजे सार्वजनिक गरिने

By साझासवाल

जेठ १३, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ को राजस्व र व्ययको अनुमान (बजेट) आगामी शनिबार सदनसमक्ष पेस गर्ने भएको छ ।

व्यवस्थापिका–संसदको विहीबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको संविधानअनुसार वार्षिक बजेट प्रस्तुत् गर्न सदनसमक्ष गरेको अनुरोधलाई स्वीकार गर्दै सभामुख ओनसरी घर्तीले यही जेठ १५ गते अपराह्न ४ बजे पेस गर्ने गरी समय निर्धारण गरिएको जानकारी दिइन् ।

उनले बजेट प्रस्तुत् हुने उक्त दिन सांसदहरुलाई ३.४५ बजेभित्रमा सदनमा उपस्थित भइसक्न पनि निर्देशन दिइन् । संविधानतः हरेक वर्ष सरकारले जेठ १५ गते बजेट प्रस्तुत् गर्नुपर्नेछ । यसअघि, असारको अन्तिम साता बजेट प्रस्तुत् हुँदै आएको थियो ।