Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

हुन्डी रोक्न विदेश जाँदा बैङ्क खाता अनिवार्य

By साझासवाल

भदौ १४,काठमाडौँ । सरकारले रेमिटेन्सलाई बैङ्किङ प्रणालीमार्फत् ल्याएर विदेशी विनिमय सञ्चिति बढाउन वैदेशिक रोजगारीमा जानेलाई बैङ्क खाता अनिवार्य गर्न लागेको छ ।

अहिले मुलुकमा कुनल रेमिटेन्सको एकतिहाइभन्दा बढी हुन्डीमार्फत भित्रिने अनुमान छ ।

हुन्डीमार्फत हुने कारोबार रोक्न सरकारले सबै रेमिटेन्स बैङ्किङ प्रणालीमार्फत ल्याउन अनिवार्य खाताको व्यवस्था गर्न लागेको हो ।

वैदेशिक रोजागर विभागका महानिर्देशक भीष्मकुमार भुसालले विदेशमा कमाएको रकम बैङ्किङ च्यानलमार्फत भित्रिओस् भनेर विदेश जानुअघि अनिवार्य बैङ्क खाता खोल्नुपर्ने नियम बनाइएको बताए ।

विभागका अनुसार भदौ १६ देखि यो नियम लागू हुनेछ ।

यो समाचार नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।