२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असोज ५ देखि अग्रिम टिकट खुलाइँदै

२०७६, २६ भाद्र बिहीबार १५:२३

भदौ २६, काठमाडौँ । दशैँका लागि लक्षित गरेर आगामी असोज ५ गतेबाट सार्वजनिक यातायातमा अग्रिम टिकट खुलाइने भएको छ । यातायात व्यवस्था विभागमा आज यातायात व्यवसायी र ट्राफिक प्रहरीसमेत सहभागी बैठकले यात्रुले दशैँअगावै टिकट काट्ने व्यवस्था मिलाइने निर्णय गरेको हो । यात्रुको सहजताका लागि १४ स्थानमा यात्रु सहायता कक्षको समेत व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

 महासङ्घका महासचिव सरोज सिटौलाले व्यवसायीले दशैँ अगाडि नै विभिन्न स्थानमा सडकको मर्मत गर्नुपर्ने माग राखेको बताउनुभयो । राष्ट्रिय राजमार्गसहित स्थानीय सडकमा वर्षाका समयमा परेको बाढीपहिरोका कारण खाल्डाखुल्डी रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सम्भावित दुर्घटना रोक्न सडक मर्मत चाँडो गर्नुपर्ने आवाज हामीले उठाइरहेका छौँ ।”

अघिल्ला वर्षमा दशैँलाई लक्षित गरेर नयाँ बस भित्र्याउने गरिएकामा यस वर्ष नयाँ खरीद नगरिएकाले भएकैलाई व्यवस्थित गरेर सञ्चालन गर्नुपर्ने अवस्था रहेको महासचिव सिटौलाले बताउनुभयो । दशैँका समयमा कति गाडी आवश्यक छ र महासङ्घले कति काठमाडौँ झिकाउन सक्छ भन्ने टुङ्गो लागिसकेको छैन ।

उहाँले भन्नुभयो, “हामीले त्यसबारे देशभर रहेका व्यवसायीसँग बुझिरहेका छौँ ।” वर्षेनी दशैँ शुरु हुनुभन्दा झण्डै एक महीना पहिले नै अग्रिम टिकट खुलाउने गरेकामा यस वर्ष गत वर्षभन्दा ढिलो टिकट खुल्ने निर्णय भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा