२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबमा भएको हमला: नेपालमा तेलको भाउ बढ्ला ? यस्तो छ विश्लेषण

२०७६, ३१ भाद्र मंगलवार ०३:१२

भदौ ३१, काठमाडौँ | शनिवार ड्रोन आक्रमणका कारण साउदीको अब्काइक र खुरैस प्रशोधन केन्द्रमा तत्कालका लागि उत्पादन रोकिएको छ । जसको कारण तेलको विश्वबजारमा मूल्य बढ्ने विश्लेषण भईरहंदा नेपालमा के होला भन्ने जिज्ञाशा छ । 

साउदी अरबका तेल प्रशोधनस्थलमा आक्रमण भएपछि पेट्रोलियम पदार्थको मूल्य चार महिनाकै सर्वोच्च बिन्दुमा पुगेको छ । शनिवारको आक्रमण पछि साउदी अरबले तेल र ग्यासको उत्पादनमा कटौती गरेको थियो । त्यसबाट विश्वभरि हुने आपूर्ति पाँच प्रतिशतले घटेको छ । 

हमलापश्चात् व्यापार सुरु हुँदा ब्रेन्ट कच्चा तेल परिसूचकमा तेलको मूल्य १९% ले वृद्धि भई प्रतिब्यारल ७१.९५ अमेरिकी डलर पुगेको थियो । त्यसैगरी वेस्ट टेक्सस इन्टरमिडिएट भनिने अर्को परिसूचकमा कच्चा तेलको मूल्य १५% ले बढ्दा प्रतिब्यारल ६३.३४ डलर पुग्यो । एक ब्यारलमा १५९ लिटर तेल हुन्छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा सञ्चित तेल वितरण गर्न अनुमति दिएपछि बढेको मूल्य केही घट्यो । त्यसपछि ब्रेन्ट परिसूचकमा प्रतिब्यारल ६६.२८ अमेरिकी डलर मूल्य कायम भएको छ ।


अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको कारण नेपालमा पनि असर पर्न सक्ने आंकलन गरिएको छ । तर नेपाल आयल निगमका अधिकारीहरुले भने नेपालमा तत्काल तेलको भाउ नबढ्ने बताएका छन् । नेपाल आयल निगमले आफूलाई आवश्यक हुने पेट्रोलियम पदार्थ भारतीय आयल निगमबाट लिने गरेको छ । भारतीय आयल निगमले प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिख नयाँ मूल्यसूची पठाउने गर्दछ । जस अनुरुप सोमवार मात्र आएको पछिल्लो मूल्यसूचीमा अन्तर्राष्ट्रिय बजारको उतारचढावको प्रभाव परेको छैन । अब अर्को मूल्यसूची अक्टोबर १ तारिखमा मात्र आउने हुँदा त्यसको प्रभाव त्यति खेरसम्म मात्र पर्ने देखिन्छ । यदी त्यतिखेर विश्वबजारमा तेलको उत्पादन मात्र सन्तुलित भएमा नेपालमा अक्टोबर १ पनि तेलको मूल्य नबढ्न सक्छ ।

यता नेपालको परराष्ट्र मन्त्रालयले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै साउदी तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको निन्दा गरेको छ । व्यापारिक प्रतिष्ठानहरूमा संवेदनहीन आक्रमणको निशानामा पारिनु खेदजनक भएको मन्त्रालयले जनाएको छ । नेपालको परराष्ट्र मन्त्रालयले भनेको छ 'राजनीतिक उद्देश्य प्राप्तिका निम्ति बल तथा हिंसाको प्रयोगको नेपाल भर्त्सर्ना गर्दछ ।" 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै