Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने

By साझासवाल 3 मिनेट पढाइ

असोज १४, बैतडी । भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् ।

यही असोज १८ गते सिमावर्ती भारतीय जिल्ला झुलाघाटमा हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमाना यही असोज १६ देखि १८ गते सम्म तीन दिनका लागि बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

असोज १६ गते साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीन दिनका लागि अन्तर्राष्ट्रिय सीमा (पुल) बन्द हुने उहाँले बताउनुभयो । दशैँमा सीमा नाका बन्द हुने भएपछि घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ ।

यस्तै दोस्रो चरणअन्तर्गत दार्चुलाको सीमापारी रहेको धार्चुलामा पनि निर्वाचन हुने भएकाले असोज २७ गते साँझ ५ बजेदेखि असोज २९ गते साँझ ५ बजेसम्म धार्चुला नाका पनि बन्द हुने जनाइएको छ ।

आकस्मिक रुपमा निर्वाचनको बिचमा पुल खोल्नुपरेमा आपसी समझदारीमा खोल्न सकिने जिल्ला प्रसासन कार्यालय बैतडीले जनाएको छ ।