Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अमेरिकी राष्ट्रपति जिम्मी कार्टर अस्पताल भर्ना

By साझासवाल 2 मिनेट पढाइ

कात्तिक २६, वासिङ्टन । (रासस/सिन्ह्वा) । अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई सोमवार अस्पताल भर्ना गरिएको छ ।

पूर्व राष्ट्रपतिहरूमध्ये सवैभन्दा जेष्ठ ९५ बर्षीय पूर्व राष्ट्रपति कार्टरलाई सोमबार बेलुकातिर भर्ना गरिएको कार्टर सेन्टरले जनाएको छ ।

इमोरी युनिभर्सिटी अस्पतालमा लगिएका कार्टरलाई नशा फुटेर रक्तस्राब भएकोे चिकित्सकहरुले जनाएका छन् ।

उहाँ यसअघि यही अक्टोर २२ तारिखका दिन पनि अस्पताल भर्ना हुनुभएको थियो । त्यतिबेला उहाँलाई जर्जिया स्थित आफ्नै निवासमा लडेर घाइते भएपछि अस्पताल लगिएको हो ।

अमेरिकाको ३९औँ राष्ट्रपति कार्टरले सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको नेतृत्व गर्नुभएको थियो ।