२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रिपरिषद्को महत्वपूर्ण सात निर्णयहरु यस्ता छन्

२०७६, ७ मंसिर शनिबार १५:३७

मङ्सिर ७, हेटौँडा ।  प्रदेश नं ३ सरकारको पछिल्लो मन्त्रिपरिषद्को बैठकले विभिन्न सात वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । 

प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलका अनुसार बैठकले प्रदेश नं ३ लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरुको सेवा सुविधासम्बन्धी विषयलाई समेट्ने गरी तयार पारिएको प्रदेश लोकसेवा आयोग ऐन २०७६ संसोधन गर्ने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्टेरिङ कमिटी गठन गर्ने, प्रदेश पूर्वाधार कम्पनी लिमिटेडमा प्रदेश सरकारले लगानी गर्ने र सङ्घीय सरकारलाई पनि लगानी गर्नका लागि अनुरोध गर्ने, दूग्ध विकास नियमावली २०७६ स्वीकृत गर्ने, प्रदेश आर्थिक कार्याविधि २०७६ स्वीकृत गर्ने र स्थानीय तहलाई समपूरक अनुदान दिने निर्णय गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोगको अस्थायी सङ्गठन संरचना स्वीकृत गर्ने निर्णय गरेको मन्त्री ढुङ्गेलले बताउनुभयो । मन्त्रिपरिषद्को बैठक दुई दिनअघि बिहीबार नै बसेको भए पनि बैठकले गरेको निर्णय आज मात्रै सार्वजनिक गरिएको हो । यसअघि बैठक लगत्तै सञ्चारकर्मी माझ निर्णय सार्वजनिक गर्ने चलन रहेकोमा पछिल्लो समयमा भने बैठकको एक वा दुईदिनपछि मात्रै जानकारी दिने गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा