२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेता बनाउने रियालिटी सो हुँदै, पूर्व प्रधानमन्त्री र पूर्व-प्रधान न्यायाधिस समेत जज बन्दै

२०७६, २६ मंसिर बिहीबार ०७:४३

मङ्सिर २५, काठमाडौँ | नेपाली टेलिभिजनहरुमा गायन र हास्य रियालिटी सोहरु संचालनमा आई रहेका बेला न्युज २४ टेलिभिजनले भने नेता बनाउने रियालिटि सो 'द लिडर' ल्याउने भएको छ । 

टेलिभिजन पत्रकारिता मार्फत् चर्चामा रहेका रवि लामिछानेले केही समयदेखि केही फरक प्रयास गर्ने भन्दै उद्घोष गर्दै आएको कार्यक्रम यही रियालिटि सो रहेको छ । 

विहीबार एक कार्यक्रमको आयोजना गरि 'द लिडर' रियालिटि सो चलाउने घोषणा गरिएको छ । सिधा कुरा जनतासँग कार्यक्रममार्फत् चर्चामा आएका लामिछानेकै अग्रसरतामा अब नयाँ टेलिभिजन कार्यक्रम 'द लिडर' सञ्चालनमा आउन लागेको हो । देश विदेशमा रहेका नेता बन्ने क्षमता भएका नेपालीहरुलाई कार्यक्रममा सहभागी गराई 'द लिडर' रियालिटी सो संचालन हुने घोषणा गरिएको छ । जसको लागि ५ जना जज हुने र ति मध्ये ३ जनाको आजै घोषणा गरिएको छ । जसमा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व-प्रधानन्यायाधिस सुशिला कार्की र साझा पार्टीका नेता रविन्द्र मिश्र रहेका छन् ।  

यसअघि चर्चित टेलिभिजन शो ‘को बन्छ करोडपति’ ल्याएको एसआरबिएन मिडियाले यो कार्यक्रम तयार गर्नेछ । नेपाल भीत्रका सातै प्रदेश, प्रवासमा अमेरिका, साउदी अरब, दुबई, दक्षिण कोरिया, मलेसिया र अष्ट्रेलियामा प्रारम्भिक अडिसनहरु सञ्चालन गरि कार्यक्रमका लागि एक सय जना नयाँ नेतृत्व खोजेर उनीहरुबीच प्रतिस्पर्धा गराउने कार्यक्रमको डिजाइन रहेको छ । 

यो रियालिटी सो बिजेताले पुरस्कारमा काठमाडौँमा सानदार अपार्टमेन्ट, गाडी, २० लाख नगद र राजनीतिमा अवसर पाउने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु