Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नवलपरासीमा नेपाली सेना चढेको बस दुर्घटना

By साझासवाल 2 मिनेट पढाइ

<p><b>मङ्सिर २८, नवलपरासी |</b> पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ&nbsp; छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३०&nbsp; सेना घाइते भएका छन् ।&nbsp;<br></p><p>ना ६ ख ४०४ नंको बस आफै अनियन्त्रित भई राजमार्गदेखि १० मिटर तल खसेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी निरीक्षक अर्जुन अधिकारीले जानकारी दिनुभयो ।&nbsp;</p><p>दुर्घटनामा परी घाइते भएका १८ जनाको कावासोतीस्थित नवलपुर अस्पताल र १२ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । बसमा ४० नेपाली सेना थिए । दश जनालाई भने केही नभएको प्रहरीले जनाएको छ । रासस</p>