Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मौरीबाटै विष उत्पादन

By साझासवाल 2 मिनेट पढाइ

<p><b>पुस १५, काठमाडौं </b>।मौरीपालन मह उत्पादनका लागि गरिन्छ । तर ‘विष’ समेत उत्पादन लिन सकिन्छ भन्दा पत्यार नलाग्न सक्छ । भक्तपुर–१ रामनगरमा सञ्चालित गोर्खा मौरी फार्मले विष अर्थात ‘वि–भेनम’ उत्पादन लिने काम सुरु गरेको छ ।&nbsp;<br></p><p>‘मौरीको संरक्षण गर्ने हतियार खिल’ अर्थात ‘वि–भेनम’ संकलन सुरु गरेका छौँ,’ सञ्चालक प्रोफेसर डा. खेमराज न्यौपानेले भने, ‘खिल खाद्य वस्तु होइन, तर कैयन रोगको उपचार गर्ने औषधि बनाउन उपयोग हुन्छ ।’ उनका अनुसार १० हजार मौरीबाट १ ग्राम ‘वि–भेनम’ संकलन गर्न सकिन्छ । १ ग्राम भेनम संकलन गर्न ३ दिन लाग्छ । १८ देखि २० दिनका कर्मीमौरीमा विष ग्रन्थी विकास भएको हुन्छ । शत्रुलाई आक्रमण गर्ने क्रममा टोक्दा ‘खिल निकाल्छ । वि भेनमको मूल्य २५ देखि ३० लाख पर्छ । इन्जेन्सन, पाउडर, क्रिम आदिमा वि भेनम प्रयोग हुन्छ ।&nbsp;</p><p>नेपालमा हालसम्म वि भेनमको व्यवसायीक उत्पादन भएको छैन । नसा, मुटु, वाथजस्ता रोगको उपचारमा वि भेनम प्रयोग हुन्छ । यो समाचार आजको कारोबार दैनिकमा विप्लव कफ्लले लेखेका छन् ।</p>