असार १९, काठमाडौं । इराकको राजधानी बगदादमा यो बर्षकै सबैभन्दा भयानक विष्फोट गराइएको छ । विष्फोटमा परि ७९ जनाको मृत्यु भएको छ भने १३० भन्दा बढी घाइते भएका छन् । मारिनेका अधिकांश वालवालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार उक्त विष्फोटको जिम्मा आइएसआइएस लडाकू समूहले लिएको छ । एक अनलाइन बक्तव्य जार गिर्दै इस्लामिक स्टेटले व्यस्त बजारको बीचमा गराइएको बिष्फोटको जिम्मा लिएको हो । यद्यपी यसको स्वतन्त्र पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

बर्षको सबैभन्दा ठूलो आक्रमणको रुपमा आइतबार बिहान बग्दादको व्यस्त बजारमा गरिएको कारबम हमलामा ७९ जनाको मृत्यु भएको हो भने १३० भन्दा बढी घाइते भए । यो बर्ष राजधानी शहरमा भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।

अधिकारीहरुका अनुसार कर्रदा इलाकामा भएको बिष्फोटमा परेका धेरै मानिसहरु रमदान चाडका लागि किनमेल गर्न जम्मा भएकाहरु थिए ।

यसैबीच शनिबार बंगलादेशको ढाकामा २० जनाको मृत्यु हुने गरी गराइएको आक्रमणको जिम्मा पनि आइएसआइएसले नै लिएको थियो । तर त्यो घटनाबारे फरक फरक तथ्यहरु आइरहेको छ । तस्वीरः राेयटर्स

इराकमा भयानक विष्फोट, ७९ को मृत्यु