२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड–१९ को विरुद्ध सामूहिक प्रयासको खाँचो : मुख्यमन्त्री पौडेल

२०७६, १८ चैत्र मंगलवार ११:३८

 चैत १८, हेटौडा । (रासस) वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस  ९कोभिड – १९ ० को सम्भावित जोखिम हुन नदिन सामूहिक प्रयासको खाँचो औल्याउनुभएको छ । उहाँले भन्नुभयो “प्रदेश सरकारले कारोना विरुद्धको अभियान जारी राखेको छ । यसमा सर्वसाधारण, उद्योगी, व्यापारी, बैंक तथा वित्तीय संस्थाको थप साथ र सहयोग  आवश्यक छ । ” 

आज मुख्यमन्त्री निवासमा प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्राप्त सहयोग रकम ग्रहण गर्दै मुख्यमन्त्री पौडेलले आर्थिक सहयोग गर्ने  सबै सङ्घसंस्थाहरुलाई धन्यवाद दिनभयो  । 

यसैबीच उपचार कोषमा सोमबार र आज गरी रु २० लाख रकम सङ्कलन भएको छ । कोषमा हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको गोर्खा लाहरी प्रालिले रु १० लाख र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले रु सात लाख रकम सहयोग गरेको जनाइएको छ । सो कोषमा हेटौँडा खानेपानी बोर्डले रु तीन लाख सहयोग गरेको छ । बोर्डका अध्यक्ष प्रताप विष्ट र कार्यालय प्रमुख सुदर्शन ढकालले मुख्यमन्त्री  पौडेललाई रु तीन लाख १९ हजारको चेक आज हस्तान्तरण गर्नुभएको हो ।  गोर्खा लाहरी प्रालिले जिल्ला समन्वय समितिको कोषलाई समेत रु एक लाख हस्तान्तरण गरेको छ । 

वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले लकडाउनका समयमा प्रदेशमा अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरणमा कुनै समस्या नआउने गरी व्यवस्था गरेको जनाएको छ । प्रदेशमा चामल ११ हजार दुई सय ९०, दाल दुई हजार ६ सय, चिनी तीन हजार नौ सय २३ र नून ३२ हजार मेटिक टन मौज्दात रहेको तथा खाना पकाउने एलपी ग्यास ८४ हजार सिलिण्डर मौज्दात रहेको तथा बिक्री वितरण र आपूर्ति सहज रहेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले जानकारी दिनुभयो । 

आपूर्ति व्यवस्थापनका लागि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा सहायता कक्ष ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याई सेवा प्रवाह गरिरहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना