साउन ३, काठमाडौं । नौ महिना अघि आफ्नै समर्थनमा बनेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपा माओवादी केन्द्र आफ्नै नेतृत्वमा सरकार बनाउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३, काठमाडौं । नौ महिना अघि आफ्नै समर्थनमा बनेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपा माओवादी केन्द्र आफ्नै नेतृत्वमा सरकार बनाउ"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीबाट को-को बन्दैछन् मन्त्री ?

३ श्रावण २०७३, सोमबार ०२:००


साउन ३, काठमाडौं । नौ महिना अघि आफ्नै समर्थनमा बनेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपा माओवादी केन्द्र आफ्नै नेतृत्वमा सरकार बनाउने पहलमा छ ।

नेपाली कांग्रेससँग मन्त्रालय संख्या नै टुंग्याएर लगभग अब माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने अन्तिम तयारी छन् । नयाँ सरकार गठनका लागि संवैधानिक जटिलताबीच एकातिर बहस तातिरहँदा माओवादी केन्द्रभित्र भने अब बन्ने सरकारमा को को मन्त्री हुने भन्ने गृहकार्य भइरहेको जनाइएको छ ।

नेपाली कांग्रेस र माओवादीबीच आन्तरिक सहमति अनुसार, कांग्रेसलाई १३ मन्त्रालय र माओवादीलाई नौ मन्त्रलाय बाँडिने सहमति भएको छ । तर, कुन दललाई कुन मन्त्रालय भन्ने विषय भने टुंगिएको छैन । अध्यक्ष प्रचण्डले दुबै दलका दोस्रो तहका नेतालाई मन्त्रालय टुंग्याउने जिम्मा दिएका छन् 

यता, माओवादीबाट को को मन्त्री हुने भनेर कृष्णबहादुर महरासहितका नेताहरु गृहकार्यमा जुटेका छन् । महराको हातमा दर्जन ठूला सूचि समेत बनिसकेको स्रोतले बतायो । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्दा गृहमन्त्री भने कांग्रेसको भागमा पर्ने भएको छ । यता, महराले उपप्रधानसहित अर्थ मन्त्रालय सम्हाल्ने धेरै सम्भावना छ । नेता दर्नादन शर्मा भने गृह मन्त्रालय नपाए सरकारमा नजाने अठानमा छन् ।

ओलाी सरकारको पालमा शिक्षामन्त्री सम्हालेका गिरिराजमणी पोखरेल र सामान्य प्रशासन मन्त्रालय सम्हालेकी रेखा शर्मा अब बन्ने मन्त्रीमण्डलमा दोहोरिने सम्भावना छ । थारु क्लस्टरबाट सन्तकुमार थारुको सम्भावना हटेकाले गौरीशंकर थारु मन्त्री मण्डलमा पर्ने चर्चा धेरै रहेको छ । 

त्यस्तै भेरी कर्णालीबाट महेन्द्रबहादुर शाही, राप्तीबाट टेकबहादुर बस्नेत,नेता राम कार्की, प्रमुख सचेतक हितराज पाण्डे, मधेसबाट प्रभु साह, दलितबाट दलजीत श्रीपाइली मन्त्री हुने सम्भावना बढि रहेको चर्चा माओवादी केन्द्रमा छ । -साँघु साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार