Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पाकिस्तानमा ५० जना भन्दा बढी डाक्टर पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

चैत २६, काठमाडौँ (एजेन्सी) | पाकिस्तान प्रहरीले क्वेटामा कम्तीमा ५० जना डाक्टरलाई पक्राउ गरेको एजेन्सीहरुले समाचार लेखेका छन् । ति डाक्टरहरुले कोरोनाभाइरसद्वारा संक्रमितहरुको उपचारको क्रममा आवश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) को कमी भएको भन्दै विरोध प्रदर्शन गरिरहेका थिए ।

प्रहरीले डाक्टरको विरोध प्रदर्शनलाई जबर्जस्ती रोक्न कोसिस गरेको आरोप लगाइएको छ । मंगलबार डाक्टरहरु यसको विरोधमा उत्रिएका थिए ।

Photo: AP/PTI

दक्षिण एशियामा भारत पछि पाकिस्तानमा कोरोनाभाइरसको संक्रमण बढी फैलिएको छ ।

वर्ल्डोमिटरको डाटा अनुसार पाकिस्तानमा हालसम्म ४ हजार ७२ जना संक्रमित छन् । जस मध्ये ५८ जनाको मृत्यु भएको छ । हालसम्म ४६७ जना संक्रमितहरु निको भईसकेका छन् । पाकिस्तानमा ४२ हजा भन्दा बढी मानिसमा कोरोना संक्रमणको परीक्षण भएको छ ।