Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौंमा एकै परिवारका तीन जनालाई कोरोनाको आशंका, बेलायतबाट आएका थिए

By साझासवाल 2 मिनेट पढाइ

वैशाख १, काठमाडौं । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको र्‍यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ ।

उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ । पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालका निर्देशक विष्णु शर्माले बताए ।

अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु १८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा लक्षण देखिएपछि र्‍यापिड टेष्ट गरिएको थियो ।

अहिले अपार्टमेन्टमा यो ब्लकलाई प्रहरीले सिल गरेको छ । सनसीटीमा पाँचवटा बिल्डिङहरु छन् । तीमध्ये ए बिल्डिङको पाँचौं तलामा बस्नेहरुलाई कोरोनाको आशंकामा अस्पताल लगिएको हो ।

तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ । अपार्टमेन्ट परिसरमा प्रहरी खटिएका छन्  गरिएको छ ।