साउन ४, काठमाडौं । राजधानीकै एक दम्पती । बिहे भएको लामै समय बितिसकेको थियो । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ४, काठमाडौं । राजधानीकै एक दम्पती । बिहे भएको लामै समय बितिसकेको थियो । "/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानीको एक दम्पतीको सेक्स भिडियो बाहिरिएपछि…

४ श्रावण २०७३, मंगलवार ०२:१०

 

                                                                            फाइल तस्बिर 

साउन ४, काठमाडौं । राजधानीकै एक दम्पती । बिहे भएको लामै समय बितिसकेको थियो । एक दिन पतिले पत्नीलाई आफ्ना गोप्य क्रियाकलाप क्यामेरामा कैद गर्ने प्रस्ताव गर्छन् । पत्नी सुरुमा त आनाकानी गर्छिन् ।

तर, पतिले आफ्ना गोप्य क्षण अविस्मरणीय बनाउने भन्दै कुनै जोखिम नरहेको आश्वस्त पारेपछि उनी तयार भइन् । त्यो भिडियो आफूसँग सुरक्षित रहेकोमा उनीहरु ढुक्क थिए । तर, एक दिन यस्तो आयो, उनीहरु छाँगाबाट खसेझै भए ।दम्पतीले आपसी सहमतिमा क्यामेरामा उतारेका निर्वस्त्र क्रियाकलाप चिनेजानेकै एक व्यक्तिको हातमा थियो । ऊ त्यही भिडियो देखाएर मोटो रकम माग गर्न थाल्यो । लाज र डरले हायलकायल दम्पती अन्त्यमा प्रहरीको शरणमा पुगे ।

कुनै चलचित्रको कथाजस्तो लाग्ने यस्ता घटना अहिले राजधानीमा छ्यापछ्याप्ती बाहिर आउन थालेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले अहिले यस्तै एउटा घटना अनुसन्धान अघि बढाएको छ । महाशाखाले ती दम्पतीको उजुरीका आधारमा सोमबार उक्त व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले तीनै जनाको नाम गोप्य राखेर अनुसन्धान थालेको छ ।

‘पतिपत्नी डराएको, लजाएको र हताश मानसिकतामा आएका थिए, धम्क्याउने व्यक्तिलाई पक्राउ गरिएपछि उनीहरु केही ढुक्क त भए तर अझै पुरै निश्चिन्त हुन सकेका छैनन्,’ महाशाखाका निमित्त प्रमुख एसपी प्रकाशजंग कार्कीले भने, ‘हामीले अनुसन्धान अघि बढाएका छौं ।’

उनका अनुसार प्रविधिमा पहुँच सजिला हुँदै गएका बेला पतिपत्नीले आपसी सहमतिमा खिचेको गोप्य दृश्य तेस्रो व्यक्तिसम्म पुग्न सक्ने सम्भावना नकार्न सकिँदैन । महाशाखाका अनुसार पछिल्ला दिन यस्ता घटनाका उजुरी दिनहुँजसो आउन थालेका छन् । -नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार