साउन ४, काठमाडौं । कुर्सीमा टिकिरहन प्रधानमन्त्री केपी ओली कतिसम्म गिर्न सक्छन् भने उनले संसदमा भौतिक भीडन्त र कुटपिट गर्नेसम्मको योजना बनाएका छन् ।

एमाले, सीपी मैनालीको माले, चित्रबहादुर केसीको जनमोर्चा लगायत सत्तारुढ दलले संसदमा आवश्यक परे कुटाकुट गरेर भए पनि सरकार बचाउने लाजमर्दो नीति लिएका छन् ।

उनीहरुले अविश्वास प्रस्तावमा छलफल नै गर्न नदिने नीति लिएका हुन् । यसका लागि उनीहरुले विचाराधीन तीनवटा विधेयकलाई बहाना बनाएका छन् ।

ती विधेयक पारित गर्ने भए अविश्वासको प्रस्तावमा छलफल हुन दिने नत्र नदिने अडान उनीहरुले लिने भएका छन् । -समयबद्ध साप्ताहिक

July 19, 2016
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
सरकार टिकाउने प्रधानमन्त्रीको नयाँ योजना यस्तो छ !
By साझासवाल
2 मिनेट पढाइ