वैशाख २१, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट निको भएका मानिसमा यो भाइरसविरुद्ध लड्नसक्ने रोग प्रतिरोधी क्षमता (एन्टिबडी) विकास हुने विश्वास गरिँदै आएको छ । यसको मतलव एकपटक यो रोग लागेर निको भएका मानिसमा तत्कालको लागि पुनः यो रोगको संक्रमण हुँदैन । तर विश्वका धेरै मुलुकमा यो भाइरसबाट निको भएका मानिसमा पनि पुन: यसको संक्रमण देखिएको छ ।

नेपालमा पनि कोरोना भाइरसबाट निको भएका एक जना पुनः अस्पताल भर्ना भएका छन् । यद्यपि उनलाई पुनः कोरोना संक्रमण भएको हो वा अन्य स्वास्थ्य समस्या हो भन्ने पुष्टि भइसकेको छैन ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) कि टेक्निकल लिड मारिया बैन केरखोब कोरोना भाइरसको मृत कोशिकाहरु अझै पनि अस्तित्वमा रहने हुनाले पुनः परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको हुनसक्ने बताउँछिन् । यसको अर्थ उनीहरूमा पुनः संक्रमण भयो भन्ने नहुने उनको भनाइ छ ।

निको भइसकेका मानिसको रोग प्रतिरोधी क्षमता कति बलियो हुन्छ भन्ने विषयमा अहिले वैज्ञानिकहरूले अध्ययन गरिरहेको उनको भनाई छ ।

कोरोना भाइरस उत्पत्तिबारे अनेक विषयहरु सार्वजनिक भईरहेका बेला उनले प्राकृतिक रूपमा कोरोना भाइरस निस्किएको जिकिर गरिन् । – बीबीसीको सहयोगमा

May 3, 2020
काठमाडौँ - KTM, समाज
निको भइसकेकाहरुमा पनि किन देखिइरहेको छ कोरोना संक्रमण ?
By साझासवाल
3 मिनेट पढाइ