वैशाख २८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव हुनुका साथै तथा बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको जनाएको छ ।

यसैगरी, अहिले देशका पश्चिमी भु–भागहरुमा बदली भई हावाहुरी, मेघगर्जन र चट्याङ सहित केहि स्थानहरुमा वर्षा भईरहेको र बाँकी भु–भागमा सामान्यतया सफा रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।

बैशाख २८ गते (आईतबार)

दिउँसोः देशको पश्चिमी भु-भाग लगायत मध्य र पुर्वका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू-भागका केही स्थानहरुमा साथै मध्य र पुर्वका एक दुई स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको पश्चिमी भु-भागमा सामान्य बदली रहि वांकी भु-भागमा आंशिक बदली रहनेछ। पश्चिमि भु-भागका थोरै स्थानहरु लगायत मध्य र पुर्व १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख २९ गते (सोमबार)

दिउँसोः  देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशको पहाडि भु-भागका केही स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।

रातीः देशको अधिकांश भू-भागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख २९ गते (मंगलबार)

दिउँसोः  देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।

रातीः  देशको पुर्वी भु-भाग लगायत मध्य पहाडि भु-भागमा सामान्य बदली र बांकी भु-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केही स्थानहरु, मध्य भु-भागका थोरै स्थानहरु र पश्चिमी भु-भागका १-२ स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

May 10, 2020
काठमाडौँ - KTM, समाज
यस्तो रहनेछ आज भोली र पर्सीको मौसम पूर्वानुमान
By साझासवाल
5 मिनेट पढाइ