साउन ५, काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थानका सहायक डिनले अवकाश पाएको दुई महिनासम्म कार्यालयमा काम गरेको खुलेको छ ।

१२ वैशाख २०७३ मा अवकाश पाउनुपर्ने सहायक डिन प्राडा. सरला जोशीले ८ असार २०७३ सम्म अध्ययन संस्थानमा काम गरेको पाइएको हो ।

संस्थानको प्रशासन महाशाखा हेर्न जोशीलाई त्रिबिको कर्मचारी प्रशासन महाशाखाले ८ असारमा पत्र लेखेर सोही दिनबाट लागूहुनेगरी अवकाश दिएपछि मात्र जोशी कार्यालय आउन छाडेकी आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

जोशीले ६३ वर्षे उमेर हदका कारण १२ वैशाखमै त्रिविवाट अवकाश पाइसकेकी थिइन् । नागरिकतामा जोशीको जन्म २०१० सालमा भएको उल्लेख छ तर एसएलस्किो शैक्षिक प्रमाणपत्रमा भने २०११ साल उल्लेख छ ।

एसएलसीको शैक्षिक प्रमाणपत्रलाई आधारमा अझै एक वर्ष कार्यावधि बाँकी रहेको भन्दै उनी काम गर्दै आएकी थिइन् । तर, त्रिविले २०१० साललाई आधार मानेर जोशीलाई अवकाश दिएको छ ।

July 20, 2016
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
अवकाशपछि पनि नियमित जागिर !
By साझासवाल
3 मिनेट पढाइ