२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इमिरेट्स एयरलाइन्सले कर्मचारी कटौती थाल्यो, ९ हजारको जागिर गुम्ने

२०७७, २८ असार आईतवार ०८:०८

असार २८, काठमाण्डौ । कोरोना महामारीका कारण हवाई यात्रुहरुको संख्यामा आएको कमी देखाउँदै इमिरेट्स एयरलाइन्सले ठूलो संख्यामा कर्मचारी कटौती गर्न लागेको जनाएको छ। एयरलाइन्सका अध्यक्ष टम क्लार्कले  एयरलाइन्सबाट ९ हजार रोजगारी कटौती गर्ने तयारी गरिरहेको बताएका छन्।

विश्वकै सबैभन्दा ठूलो लामो दुरीको क्यारियर इमिरेट्समा कोभिड महामारीअघिसम्म ६० हजार कर्मचारी कार्यरत थिए। टम क्लार्सले एयरलाइन्सको १० प्रतिशत कर्मचारी कटौती भैसकेको बताए। 'अब हामी यो संख्या बढाएर १५ प्रतिसम्म सम्म पुर्याउँदैछौं।'- उनले भने।


विश्वभरकै एयरलाइन्स उद्योग कोरोना महामारीका कारण संकटमा परेको छ। एयरलाइन्सकाा सबै गतिविधिहरुमा नियन्त्रण तथा उडानहरु स्थगित भएका कारण विश्वका सबै एयरलाइन्सहरु कोरोनाको मारमा परेका हुन्। तर टिमले इमिरेट्स अरु एयरलाइन्स जस्तो गम्भीर अवस्थामा भने नरहेको समेत दावी गरे।  कम्पनी कोरोना अघि सबैभन्दा राम्रो अवस्थामा रहिरहेको भन्दै हालको अवस्थाले एयरलाइन्सको भविष्यमा असर पार्ने बताए।

कम्पनीले यसै हप्तामात्र कम्तीमा ७ सय पाइलटलाई यसबारे जानकारी गराएको बताएको छ। यस अनुसार एयरलाइन्समा आबद्ध ४५ सय पाइलटमा कम्तीमा पनि १२ सयले रोजगारी गुमाउने निश्चित छ। कम्पनीले बोइङमा भन्दा पनि एयरबस प्लेनहरु सम्बद्ध कामदारको रोजगारी कटौती लक्षित गरेको छ।

इमिरेट्सले सुपरजम्बो एयरबस ए३८० संचालन गर्दै आएको छ जसमा करिब ५ सय यात्रु क्षमता रहेको छ। यसैगरी उसले उडाउने बोइङ ७७७ मा भने त्यसभन्दा कम मात्र यात्रु अट्छन्। त्यसैले हालको अवस्थामा बोइङ जहाजमा यात्रु भर्न सजिलो हुने बताइएको छ।

यसै हप्तामात्र अमेरिकाको तीन ठूलामध्ये एक युनाइटेड एयरलाइन्सले पनि एयर ट्राभलमा आएको कमीका कारण ३६ हजार कामदार कटौती गर्नुपर्ने अवस्था आएको बताएको थियो। इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनले विश्वभरका एयरलाइन्सबाट कम्तीमा पनि दश लाख रोजगारी गुम्ने बताएको छ। एसोसिएसनमा २९० एयरलाइन्स आबद्ध छन् जसले विश्वभरका एयरलाइन्सले कोरोनाका कारण ८४ अर्ब डलर गुमाउने समेत अनुमान गरेको छ। बिबिसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?