Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५० लाख नाघ्यो, १ लाख ४४ हजारको मृत्यु

By साझासवाल 4 मिनेट पढाइ

साउन ७, जेनेभ (रासस/एएफपी)। विश्वमा बुधबारसम्म १ करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ६ लाख १९ हजार ६१४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जानकारी दिएको छ ।

संक्रमित मध्ये हालसम्म ९१ लाख १६ हजार ६५५ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५३ लाख ६३ हजार ५५५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।  संक्रमितहरु मध्ये  ६३ हजार ६१४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४० लाख २८ हजार ७३३ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ४४ हजार ९५८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३३ लाख ७५ हजार ५३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख २१ हजार ४१५ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४७ लाख २२ हजार ३६५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९९ हजार  ७८३ जनाको मृत्यु भएको छ ।

युरोपमा २७ लाख २ हजार ९७ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९९ हजार ७४९ को मृत्यु भएको छ । एसिया ३५ लाख ३१ हजार ९७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८२ हजार ७२३ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ७ लाख ५३ हजार९१४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५ हजार ७७९ जनाको मृत्यु भएको छ । ओसियानामा १४ हजार ५८७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५० जनाको मृत्यु भएको छ । रासस