२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्यवस्थापन समितिलाई भूमिका दिन माग

२०७७, १६ श्रावण शुक्रबार ०५:०३

साउन १६, काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोरोना महामारी र बन्दाबन्दीका कारण बन्द विद्यालय सञ्चालनको कार्यविधिमा व्यवस्थापन समितिको भूमिका स्पष्ट गर्न माग गरेको छ ।

सो महासङ्घका अध्यक्ष कृष्ण थापाले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको शिक्षा विकास तथा मानव स्रोत केन्द्रलाई कार्यढाँचाबारे सुझाव दिँदै विद्यालय पुनः सञ्चालनका लागि स्थानीय सरकार र व्यवस्थापन समितिको सक्रिय भूमिका हुनुपर्ने आग्रह गरेको हो ।

विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ को मस्यौदामा सामुदायिक विद्यालयको प्रतिनिधिमूलक छाता सङ्गठनको अगुवाइमा विद्यालय व्यवस्थापन समिति सक्रियता बढाइ विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्य सुरक्षाको विधि अपनाउने गरी प्रबन्ध नगरिएकामा महासङ्घले ध्यानाकर्षण गराएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

महासङ्घले विद्यालय खोल्नुपूर्व अभिभावको परामर्शमा हाल विद्यालयमा स्थापना गरिएका क्वारेन्टिन र आइसोलेसनकक्ष निर्मलीकरण गर्ने,  विद्यार्थी र शिक्षकको सुरक्षाको वैकल्पिक योजना र बजेटको व्यवस्था गर्ने, मनोसामाजिक सत्रहरु सञ्चालन गर्ने, विद्यालयमा स्यानिटाइजर र मास्कको व्यवस्था गर्दै प्राथमिक उपचारकक्ष स्थापनासमेत गराउन सुझाव दिएको छ । ती सबै कार्य भएको एक सातापछि मात्रै विद्यालय खोल्न सुझाव दिइएको छ ।सरकारले आगामी भदौ ४ देखि विद्यालयमा भर्ना र भदौ १५ देखि कक्षा सञ्चालनको तयारी गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय