Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मकवानपुरमा आज एकै दिन २३ जनामा कोरोना पुष्टि भएपछि ७ दिनका लागि निषेधाज्ञा

By साझासवाल 2 मिनेट पढाइ

साउन २५, हेटौंडा (रासस । मकवानपुरमा आज एकै दिन २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि  जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ ।

आज साँझ सम्पन्न कमाण्ड पोष्टको बैठकले हेटौंडा उपमहानगरपालिकासहित मनहरीका केही वडामा निषेआज्ञा जारी गर्ने निर्णय गरेको हो ।

सङ्क्रमितको सङ्ख्या बढ्दै गएका कारण  यही साउन २६ देखि  ३२ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।

प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा आज मात्रै प्रहरीसहित २० जनामा तथा मकवानपुरगढी, भीमफेदी र बकैया गाउँपालिकामा एकएक जना गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।