२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाइरसबाट प्रभावित अर्थतन्त्र उकास्नका लागि १.४६ ट्रिलियन डलर लगानी गरिने : मोदी

२०७७, ३१ श्रावण शनिबार १६:२५

साउन ३१, काठमाडौँ । भारतले कोरोनाभाइरस महामारीको नियन्त्रणका लागि आवश्यक सबै उपायलाई अवलम्बन गरिरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बताउनुभएको छ । 

सङ्क्रमणका कारण अन्य विश्व समुदायको जस्तै भारतको पनि अर्थतन्त्रमा प्रभाव परेको भन्दै महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न सरकारले पूर्वाधार योजनाहरुमा १.४६ ट्रिलियन अमेरिकी डलरको घोषणा गरेको उहाँले बताउनुभयो । 

प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, “भारतले महामारीबाट सिकेको मुख्य पाठ भनेको उत्पादन र विकासमा आत्मनिर्भर बन्ने र अन्तर्राष्ट्रिय कम्पनीहरूका लागि प्रमुख आपूर्तिको गन्तव्य बनाउने हो ।”

“कोरोनाभाइरस महामारी एक ठूलो सङ्कट हो, तर यसले भारतको आर्थिक प्रगति रोक्न सक्दैन,” मोदीले बेलायती शासनबाट भारत स्वतन्त्रता पाएको दिन १७ औं शताब्दीको मुगल युगमा निर्माण गरिएको लाल किल्लामा सम्बोधनका क्रममा बताउनुभयो । 

कोरोना भाइरस नियन्त्रण तथा खोप निर्माणबारे भारतले लिएको अग्रसरताबारे बोल्दै उहाँले भन्नुभयो, “भारतमा तीन खोपहरू विभिन्न चरणमा परीक्षणको प्रक्रियामा छन् र वैज्ञानिकहरूले ‘ग्रिन सिग्नल’ दिने बित्तिकै विशाल उत्पादन शुरू हुनेछ । खोपको ठूला उत्पादनका लागि विस्तृत योजनाहरू बनाइएको बताउँदै यसबाट प्रत्येक भारतीयलाई खाृपको सहज पहुँच गराइनेछ ।”

भारतले २५ लाख भन्दा बढी भाइरसको पुष्टि गरेको छ, अमेरिका र ब्राजिल पछाडि तेस्रो धेरै सङ्क्रमित रहेको भारत मृत्युको सङ्ख्याका आधारमा संसारमा चौथो बढी प्रावित मुलुक हो । भारतमा हालसम्म ४९ हजार सङ्क्रमितको मृत्यु भएको छ ।

एक राष्ट्रिय डिजिटल स्वास्थ्य योजनाको पनि घोषणा गर्दै प्रत्येक भारतीयले स्वास्थ्यसम्बन्धी सबै जानकारीसहित एक परिचय पत्र प्राप्त गर्ने भारतीय प्रधानमन्त्री मोदीले बताउनुभयो । 

यस वर्षको स्वतन्त्रता दिवसका अवसरमा गरिँदै आएका कार्यक्रमहरूलाई महामारीको कारण व्यापक मात्रामा घटाइएको थियो । उक्त कार्यक्रममा २०,००० पाहुना बोलाइने पूर्व कार्यक्रम तय भएको भएपनि प्रचलन रहेपनि को महामारीका कारणस मात्रै चार हजार पाहुनालाई आमन्त्रित गरिएको  सरकारी स्रोतले बताएको छ । 

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा भारतीय अर्थतन्त्रमा ४.५ प्रतिशतको संकुचन प्रक्षेपण गरेको छ, जुन भारतीय इतिहासमा निकै खराब अवस्था हो । तर प्रधानमन्त्रीले सन् २०२१ मा देशको अर्थतन्त्रमा उछाल आउने अपेक्षा गरिएको बताउनुभयो । 

महामारीको आर्थिक प्रभावलाई हटाउन सरकारले सात हजार पूर्वाधार परियोजनाहरू पहिचान गरेको प्रधानमन्त्री मोदीले बताउुभयो । 

“सबै पूर्वाधार समग्र, एकीकृत र एक अर्कासँग जोडिएको हुनुपर्दछ । बहु–आयामिक सम्वद्धता पूर्वाधार अगाडि जाने बाटो हो,” उहाँले भन्नुभयो । भारतमा गत वर्ष प्रत्यक्ष विदेशी लगानी १८ प्रतिशतले वृद्धि भएको थियो भन्दै मोदीले यसबाट अन्तर्राष्ट्रिय कम्पनीहरूले भारतमा लगानी गर्न चाहेको स्पष्ट सङ्केत मिल्छ । 

“आतंकवाद वा अन्य विवादित विषयमा भारतले चुनौतीहरूको साथ साहसपूर्वक संघर्ष गरिरहेको छ,” मोदीले छिमेकी देशहरूसँगको सिमानामा हुने गरेका तनावका सन्दर्भमा भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने