साउन १२, काठमाडौं ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, काठमाडौं । 
२०८३, ७ जेष्ठ बिहीबार
काठमाडौँ - KTM

प्रचण्डका पाइला–पाइलामा चुनौतीका चाङ !

२०७३, १२ श्रावण बुधबार ०३:०३

साउन १२, काठमाडौं । नयाँ सरकार गठन हुन अझैं दुई हप्ता लाग्ने भएको छ । धेरैवटा कानुन निर्माण र चुनावको तयारी गनैपर्ने अवस्थामा प्रमुख प्रतिपक्षको रुपमा एमाले पाएका प्रचण्डसामु असंख्य तगारा छन् ।

त्यसबाहेक आफ्नै पूर्वसहकर्मी वैद्य, बाबुराम र विप्लव त गाँसैपिच्छे बाडुल्की हुने नै भए । परिस्थिति कस्तो बन्यो भने सरकार, सदन र सडक सबैतिर वामपन्थीको सक्रिय उपस्थिति ।

उता, अकं पुर्याउनका निम्ति मधेसीलाई फकाएर र ल्याइयो तर तिनका माग सम्बोधन गर्नु अर्को महाभारत हुनेछ । सबैभन्दा ठूलो घाँडो त हिजो आफ्नै दलसमेत रहेर अघिल्लो सरकारले गरेको न्यायधीश र राजदूत नियुक्तीको प्रक्रियालाई टुंगोमा पुर्याउनु छ ।

सबैलाई थाहा छ, त्यसमा छिसिक्क सानो बलमिच्याईं भयो कि सदन चल्न सक्दैन । अविश्वासको प्रस्तावमा मतदान भए उपेन्द्र र महन्थको सशक्त साथ आवश्यक हुने थियो ।

तर केपी ओलीले मार्गप्रशस्त गरिदिएका कारण गच्छदारलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्ने कि मधेसका अन्य दलसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएर अगाडि बढ्ने भन्ने अहं प्रश्न सामुन्ने आएको छ ।

नयाँ परिस्थितिमा भारत, चीन र मधेससँगको सम्बन्धमा परीक्षाको घडी सुरु भएको छ । सेनापति कटवाल प्रकरणमा आफैंले एउटा सानो निर्णय गर्दा सत्ता गुमेको पीडा आठ वर्षसम्म झेल्दै आएका प्रचण्ड सामू सबभन्दा ठूलो पार्टी नेपाली कांग्रेस र पछिल्लो समिकरणको प्रमुख सुत्राधार भारतको चित्त बुझाएर अघि बढ्नैपर्ने पाइला–पाइलामा बाध्यता छ । -जनआस्था साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ