साउन १२, काठमाडौं । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको आयोजनामा कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ ।

शनिवार वृक्षारोपण कार्यक्रममा समितिका कर्मचारी र बोर्ड सदस्यहरुको सहभागितामा दुईसय पचासी वैंस जातको विरुवा लगाइएको बोटविरुवाविद् रामदयाल प्रसाद यादवले जानकारी दिए । उनले हरियाली प्रर्वद्धनलाई बढावा दिन कार्यालय गुह्श्वरी खोलाको छेउमा एकै जातको विरुवा लगाइएको बताए ।

झण्डै सातसय मिटर लम्बाइमा खोलाको किनारमा वृक्षारोपण गरिएको समितिले जानकारी गराएको छ । त्यस्तै कार्यालय परिसरमा सरसफाइ पनि गरिएकोछ ।

समिति प्रथम

यसैबीच सफा सहर कार्यक्रम अन्र्तगत हरियाली विकास एवं प्रवद्र्धन गर्ने कार्यका लागि सरकारी कार्यालयहरुबीच भएको प्रतियोगितात्मक कार्यक्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति प्रथम भएको छ ।

प्रतियोगिता सरकारी कार्यलयकाबीच मात्र प्रतिपर्धा गराइएको थियो । बढ्दो सहरीकरणसँगै हरियाली प्रर्वद्धनको महत्व र आवश्यकताका लागि सरकारी निकायको प्रयास के कस्तो छ भन्ने विषयको मल्याङ्कनमा यस समिति छनौट भएको हो ।

त्यस्तै दोस्रोमा भवन विभाग भएको छ भने सामान्य प्रशासन मन्त्रालय तेस्रो भएको छ । प्रतियोगितात्मक कार्यक्रममा प्रथम भएको समितिले नगद स्वरुप दुई लाख पुरस्कार प्राप्त गरेको छ । त्यस्तै दोस्रोले एक लाख र तेस्रोले पचास हजार राशीको पुरस्कार पाएको छ ।

सथै उक्त नगद पुरस्कार हरियाली विकास एवं प्रर्वद्धन गर्ने कार्यमा खर्च गर्नुपर्ने आयोजकले जानकारी गराएको छ ।

July 27, 2016
काठमाडौँ - KTM, समाज
वाग्मती सभ्यता एकीकृत विकास समिति परिसरमा वृक्षारोपण
By साझासवाल
5 मिनेट पढाइ