२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड–१९ को उपचारका लागि जनमैत्री अस्पताल आजदेखि सञ्चालनमा

२०७७, १५ भाद्र सोमबार १३:०४

भदौ १५, काठमाडौँ (रासस) । भूकम्पपछि बन्द रहेको बालाजुस्थित जनमैत्री अस्पताल कोरोना सङ्क्रमितको उपचारका लागि सञ्चालनमा ल्याइएको छ । सरकारले जनमैत्री अस्पताललाई हालका लागि कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेसँगै लामो समयदेखि बन्द रहेको उक्त अस्पताल आजदेखि सञ्चालनमा आएको हो । 

काठमाडौँ महानगरपालिकाको विशेष पहलमा सरकारले निर्णय गरेपछि उक्त अस्पताल १०० वेड क्षमतासहित आजदेखि सञ्चालनमा आएको काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिनुभयो ।

उक्त अस्पतालमा शुरुको चरणमा ६ जना चिकित्सक र १२ जना नर्सले सेवा दिनेछन् । बिरामीको अवस्था हेरेर स्वास्थ्य जनशक्ति थप गरिने महानगरपालिकाले जनाएको छ । विसं २०७२ को भूकम्पपछि उक्त अस्पताल बन्द हुँदै आएको थियो । 

अस्पताल खुलाउन काठमाडौँ महानगरपालिका–१६ ले साउन २९ गते अस्पताल व्यवस्थापनसहित स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्दै पत्राचार गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने