Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जापानको इतिहासमा आबे सवैभन्दा राम्रो प्रधानमन्त्री : ट्रम्प

By साझासवाल 4 मिनेट पढाइ

भदौ १५, (रासस/पिटिआई) । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पद त्याग गर्नुभएका जापानका प्रधानमन्त्री सिन्जो आबेलाई जापानको इतिहासकै सवैभन्दा राम्रो प्रधानमन्त्रीको संज्ञा दिनुभएको छ ।

दुई नेताबीचको टेलिफोन कुराकानीका क्रममा ट्रम्पले आबेको प्रशंसा गर्दै राम्रो प्रधानमन्त्रीको संज्ञा दिनुभएको हो ।

जापानका तत्कालिन प्रधानमन्त्री ६५ बर्षीय आबेले गत शुक्रबार पद त्यागेको घोषणा गर्नुभएको थियो । आफ्नो अस्वस्थताका कारणले गर्नु पर्नेजति काम गर्न नसकेको र त्यसले देश र जनतालाई हानी पु¥याउन लागेको भन्दै उहाँले राजीनामा दिनुभएको थियो ।

अझै झण्डै साढे एक बर्ष कार्यकाल बाकी रहेकै बेला पद त्यागको घोषणा गर्नुभएका आबे जापानको इतिहासमा सवैभन्दा धेरै समय प्रधानमन्त्री बन्ने नेता पनि हो ।

गत आइतबार राति ट्रम्पले फोन गरेपछि दुई नेताले पछिल्लो चार वर्षमा आफूहरुका बीचमा भएका सहकार्य, भेटघाट र वार्तालापहरुको स्मरण पनि गर्नुभएको थियो ।

समीक्षाका क्रममा दुई नेताले आफुहरुबीचको सम्वन्ध विशिष्ट प्रकारको भएको चर्चा गर्नुभएको थियो ।

आबेले पद त्यागको घोषणा गरेपछि उहाँहरुका बीचमा पहिलो पटक कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले जापानमा आबे प्रधानमन्त्री भएको बेलामा जापान र अमेरिकाबीचको सम्वन्ध सुमधुर रहेको उल्लेख गर्नुभएको थियो ।

उहाँले जापान–अमेरिका सम्वन्ध आगामी दिनमा पनि थप सुदृढ हँुदै जाने विश्वास व्यक्त गर्दै जापानलाई राम्रो बनाउन आबेको अति महत्वपूर्ण भूमिका रहेको दावी गर्नुभयो ।

आबेको कार्यकाल अर्को बर्ष सन् २०२१ को सेप्टेम्बरसम्मका लागि थियो । उहाँले पद त्याग गरेपछि जापानमा अहिले नयाँ प्रधानमन्त्री चयन गर्ने प्रक्रिया चलिरहेको छ ।