असोज २१, वासिङ्टन (रासस–एएनआई) –– भिडियो सेयर गर्ने युट्युब प्लेटफर्मले नयाँ सुविधा परीक्षण गर्ने नीति ल्याएको जनाएको छ ।

एक्सडीए–डेभलपर्सका अनुसार परीक्षणका रुपमा यो सुविधा विशिष्ट (प्रिमियम) ग्राहकलाई मात्र उपलब्ध हुनेछ ।

केही छानिएका गूगल प्रयोगकर्ताले यी सुविधाहरु परीक्षण गरिसकेको दी भर्जले जनाएको छ ।

प्रिमियम ग्राहकले युट्युब प्रयोग गर्दा भिडियो, आवाज, आवाज मार्फत खोजी र अन्य भाषासम्बन्धी फिल्टरहरु प्रयोग गर्न पाउने छन् ।

प्रिमियम सेवा लिन ग्राहकले प्रति महिना करिब १२ अमेरिकी डलर तिर्नु पर्नेछ ।

ग्राहकले विज्ञापन रहित, पृष्ठभूमिका अन्य सामग्री हटाएर पनि भिडियो हेर्न सक्नेछन् भने युट्युब म्युजिक च्यानलमा समेत अलग पहुँचको सुविधा लिन सक्नेछन् ।

October 7, 2020
काठमाडौँ - KTM, समाज
युट्युबका प्रिमियम ग्राहकलाई विशेष सुविधा
By साझासवाल
2 मिनेट पढाइ