Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौंँ उपत्यकाका अस्पताललाई आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्न निर्देशन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असोज २६, काठमाडौँ (रासस) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंँ उपत्यकाका अस्पताललाई आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्न निर्देशन दिएको छ । पछिल्लो समय हरेक दिन लक्षण भएका कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेका समयमा मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।&nbsp;&nbsp;</p><p>यस किसिमको व्यवस्था भएमा कोरोनाका बिरामीलाई केही हदसम्म भए पनि सघन उपचार कक्ष र भेन्टिलेटर बेड पाइने मन्त्रालयको भनाइ छ । काठमाडौँ उपत्यकामा ३०० शय्याको सरुवा रोग अस्पताल निर्माणका लागि भवन तथा जग्गा खोज्ने&nbsp; कार्यको शुरुआत भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका&nbsp; प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।&nbsp;&nbsp;</p><p>त्यसैगरी सरकारले काठमाडौँ उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने जनाएको छ । सार्वजनिक स्थान तथा सार्वजनिक यातायातमा सुरक्षाका मापदण्ड कडाइका साथ लागु गर्न गराउन सम्बद्ध&nbsp; निकायलाई अनुरोध गरिने भएको छ । </p><p>यात्रापूर्व सात दिन र गन्तव्यमा पुगिसकेपछि पुनः सात दिन एकान्तबास&nbsp; बसी कोरोनासँग सम्बन्धित कुनै लक्षण देखिए चिकित्सकको निगरानीमा बस्न मन्त्रालयले आग्रह गरेको छ ।&nbsp;</p>