३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवनियुक्त महाप्रवन्धक पौडेल भन्नुहुन्छः ‘जहाज थपेर निगमलाई नाफामा लैजान्छु’

२६ आश्विन २०७७, सोमबार १५:४६

असोज २३, काठमाडौँ (रासस) । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का नवनियुक्त महाप्रवन्धक डिम प्रसाद पौडेलले आज आफ्नो पदभार ग्रहण गर्नुभएको छ । मन्त्रिपरिषदको गत बिहीबारको बैठकले पौडेललाई ४ वर्षको लागि महाप्रवन्धक पदमा नियुक्त गरेको थियो । चार्टर्ड एकाउन्टेन्टका साथै व्यवस्थापन विज्ञका रुपमा परिचित उहाँ यसअघि निगम सञ्चालक समितिको सदस्य हुनुहुन्थ्यो ।

नयाँ सडकस्थित निगम मुख्यालयमा आज आयोजित पदभार ग्रहण कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरेले निगमले व्यवस्थापन विज्ञ र युवा महाप्रवन्धक पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले कोरोना महामारीको अवस्थामा पनि निगमले उल्लेखनीय सेवा प्रदान गर्दै आएकोमा प्रसन्नता व्यक्त गर्दै पारस्परिक सल्लाह र समझदारीको आधारमा नयाँ महाप्रवन्धकको नियुक्ति भएकोले मिलेर काम गर्ने विश्वास दिलाउनुभयो ।

नवनियुक्त महाप्रवन्धक पौडेलले उड्डयन क्षेत्रमा आफ्नो अनुभव नयाँ भए पनि सरकारले विश्वास गरी नयाँ जिम्मेवारी प्रदान गरेकोमा आभार व्यक्त गर्नुभयो । उहाँले निगमलाई गतिशिल बनाउन एक्लो प्रयास पर्याप्त नहुने सन्दर्भमा सबैको सहयोगको अपेक्षा गर्दै निगममा विमान थप गरी सञ्चालन मुनाफाको प्रत्याभूति गर्ने विश्वास व्यक्त गर्नुभयो । नायव महाप्रवन्धक गणेश बहादुर चन्दले निगमबारे पूर्ण जानकारी राख्नु हुने व्यक्ति निगमको महाप्रवन्धक भएकाले पनि निगमले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुभास डाँगीले निगमसँग पर्याप्त सम्भावना भए पनि हालको समस्याबाट पार पाउन निकै महत्वपुर्ण प्रयास आवश्यक रहेको बताउनुभयो । पौडेल निगम सञ्चालक समितिको सदस्यको जिम्मेवारीमा रहदाँ आन्तरिक उडानका ६ वटा चिनियाँ जहाजले घाटा बेहोर्दै आएकाले गत साउन १५ देखि ती जहाज सञ्चालन नगर्ने निर्णय भएको थियो ।

निगमसँग हाल आन्तरिक उडानमा दुई मात्रै जहाज छन् । राजधानी तथा क्षेत्रीय उडानसहित देशभरका २३ भन्दा बढी गन्तब्यमा निगमले आन्तरिक उडान गर्दै आएको छ । अन्तर्राष्ट्रियतर्फ दुई थान वाईड बडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० जहाजले भारतका तीनसहित विभिन्न मुलुकका नौ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन