साउन १४, काठमाडौँ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र तथा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आजको बैठकले मोर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, काठमाडौँ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र तथा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आजको बैठकले मोर"/>
२१ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

मधेसी मोर्चाको मागबारे सहमति खोज्न कार्यदल गठन

१५ श्रावण २०७३, शनिबार ०४:०३

साउन १४, काठमाडौँ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र तथा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आजको बैठकले मोर्चाका माग र सरकारमा सहभागी हुनेबारे मस्यौदा तयार गर्न नौ सदस्यीय समिति गठन गरेको छ । 

सिंहदरबारस्थित राज्य व्यवस्था समितिको सभाकक्षमा बसेको बैठकबारे जानकारी गराउँदै काँग्रेसका नेता विमलेन्द्र निधिले काँग्रेस, माओवादी र मोर्चाका तर्फबाट तीन तीन गरी नौ जनाको समिति गठन गरिएको जानकारी दिए । समिति सदस्यको नामावली बेलुकासम्म टुङ्गो लगाइने छ । 

“नयाँ प्रधानमन्त्रीको निर्वाचनमा मधेसी मोर्चाको समर्थन जुटाउन आज छलफलको आयोजना गरिएको हो, खासगरी काँग्रेस र माओवादी गठबन्धनबीच भएको सातबुँदे सहमतिको पहिलो बुँदामा केन्द्रित भएर छलफल भयो”,उनले भने । सातबुँदे सहमतिको पहिलो बुँदामा मधेसी समुदायको माग सम्बोधन गर्नका लागि संविधान संशोधन गर्न सकिने उल्लेख छ । 

छलफलका क्रममा मोर्चाले आफ्ना मागबारे प्रस्ट रूपमा लिखित सहमति भएका खण्डमा मात्र नयाँ प्रधानमन्त्रीको निर्वाचनमा आफूहरुले मतदान गर्ने अडान लिएको नेता निधिले जानकारी दिनुभयो । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मोर्चा सरकारमा जाने वा नजाने भन्नेबारे प्रश्न उठेकै छैन भने । 

सहमतीय सरकारका लागि राष्ट्रपतिले दलहरूलाई दिएको समय आइतबार सकिँदै छ । बैठकमा काँग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता महेश आचार्य, माओवादी तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा तथा मोर्चाका तर्फबाट ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झालगायत नेताहरुको सहभागीता  रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य