२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा नोकरी लगाइदिने भन्दै दलालले दिल्ली पुर्याएर अलपत्र पारेका दुई महिलाको उद्धार

२०७७, ५ कार्तिक बुधबार ०७:४३

 कात्तिक ५, सुदूरपश्चिम (रासस) । भारतको नयाँदिल्लीमा अलपत्र परेका दुई महिलाको माइती नेपालको पहलमा उद्धार गरी धनगढी पु¥याइएको छ ।

कुवेतमा नोकरी लगाइदिने भन्दै दलालले दिल्ली पु¥याएर अलपत्र पारेपछि मकवानपुरकी ५२ वर्षीया महिला र रौतहट माइतीघर भई भारतको बिहार घर भएकी २९ वर्षीया महिलाको उद्धार गरिएको हो । २९ वर्षीया महिलासँग दुई नाबालक छोरीसमेत छन् ।

घरमा सासू, ससुरा, देवर र श्रीमान्को दुव्र्यवहार झेल्दै आउनुभएकी उहाँ दलालको फन्दामा परेर दिल्ली पुग्नुभएको पाइएको माइती नेपाल धनगढी शाखा प्रमुख शिवनारायण चौधरीले बताउनुभयो ।

उद्धारका लागि पीडित माइती पक्षले दिएको निवेदनपछि उहाँको उद्धार गरिएको जनाइएको छ ।

 यस्तै कुवेत जानका लागि दिल्लीमा पासपोर्ट बनाउन आउनु भन्दै दलालले दिल्ली पु¥याएर अलपत्र पारेकी मकवानपुरकी ५२ वर्षीया महिलाको पनि उद्धार गरिएको छ ।

दिल्लीमा एक नेपाली महिलाको सम्पर्कमा आएपछि उहाँको उद्धारको पहल गरिएको थियो । प्रलोभनमा पारी यी दुई महिलालाई दिल्ली पु¥याउने दलाल भने फरार भएको जनाइएको छ ।

यसअघि गत असोजमा पनि माइती नेपालले दलालको फन्दामा परेर भारत जाँदै गरेकी नवलपरासीकी एक महिलाको पनि कैलालीको त्रिनगर सीमानाकाबाट उद्धार गरेको थियो ।

“दिल्लीमा रहेको दलालले महिनामा रु ४० हजार पाइन्छ भन्दै उतै बोलाएका रहेछन्”, चौधरीले भन्नुभयो, “उहाँ दिल्ली जाँदै गर्दा त्रिनगरनाकाबाट उद्धार गरेका थियौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह