Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

देहरादूनमा कुटिएका नेपालीको उद्धार गर्न आग्रह

By साझासवाल 2 मिनेट पढाइ

<p><b>कात्तिक १३, काठमाडौँ</b> | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको देहरादूनमा अध्ययनरत नेपाली विद्यार्थी कुटिएको घटनाबारे भारत सरकारको ध्यानाकर्षण गराउन र ती तिनको अविलम्ब उद्धार गर्न सरकारसमक्ष माग गरेको छ ।&nbsp;<br></p><p>कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत एकार्का देशका विभिन्न शहरमा अध्यनरत नेपाल र भारत दुवै देशका विद्यार्थीले सुरक्षित र निर्भीक वातावरण प्राप्त गर्नु&nbsp; तिनको अधिकार मात्रै नभई त्यसको सुनिश्चितता गर्ने अभिभारा दुवै देशका सरकारको भएको औँल्याउनुभएको छ ।</p><p>प्रवक्ता शर्माले नेपाली विद्यार्थीको सुरक्षा र सम्मानका बारेमा गम्भीर पहलकदमी गरेर आगामी दिनमा यस्ता घटना कहीँ पनि हुन नदिन आवश्यक सतर्कताका लागि सरकारसमक्ष माग गर्नुभएको छ । रासस&nbsp;</p>