Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपाल बङ्गलादेश सम्बन्ध अघि बढाउनुपर्नेमा जोड

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २४, काठमाडौँ (रासस) । नेपाल र बङ्गलादेशबीच जनस्तर र विविध क्षेत्रमा सम्बन्ध बढाउनुपर्नेमा जोड दिइएको छ । नेपाल बङ्गलादेश मैत्री सङ्घले आज साँझ भर्चुअल रुपमा आयोजना गरेको ‘नेपाल बङ्गलादेश अन्तरराष्ट्रिय सम्मेलन’मा वक्ताहरुले भौगोलिक र भावनात्मक रुपले निकट दुई मित्रले सबै क्षेत्रमा सहयोगका हात बढाई अन्तरराष्ट्रिय क्षेत्रमा पनि प्रभाव पार्नुपर्नेमा जोड दिए ।

सो अवसरमा बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले दुई देशले जलविद्युत्, पर्यटन  र  व्यापारका क्षेत्रमा  आपसी सहयोग र लगानी गर्न सक्ने जनाउनुभयो । उहाँले सडक, रेल, हवाई र जल यातायातका माध्यमबाट आपसी सम्पर्क विस्तार गरी जनस्तरमा फाइदा लिन सकिने पनि औँल्याउनुभयो ।

डा भोला रिजालले बङ्गलादेशको जन्म हुँदा आफूहरुले विद्यार्थीकालमै सहयोग गरेको स्मरण गर्दै दुई देशबीच संस्कृति, शिक्षा  र पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्नुपर्ने बताउनुभयो ।

मैत्री सङ्घका अध्यक्ष दीनदया रिजालले दुई देशले योजनाबद्ध रुपमा मित्रता र सम्बन्ध बढाई यस क्षेत्रको गरीबी न्यूनीकरण गरी विश्वस्तरमा प्रभाव पार्नुपर्ने बताउनुभयो ।

सो अवसरमा नेपालका तर्फबाट धर्मराज बराल, भक्तराज रञ्जित, श्याम रिमाललगायतले बङ्गालीहरुलाई नेपालमा सधैँ स्वागत गरिने जनाउँदै सार्क प्रक्रिया अघि बढाउन संस्थापक दुवै देशले आवाज उठाउनुपर्नेमा जोड दिनुभयो  । कार्यक्रममा नेपालकी प्रतिष्ठा अर्याल(बैंकर)ले ‘रातो र चन्द्रसूर्जे जङ्गी निशान हाम्रो’ बोलको राष्ट्यि गीत गाउनुभएको थियो ।

नेपाल बङ्गलादेश मैत्री सङ्घका सल्लाहकार प्रा महम्मुद आलम, मनोजबहादुर गोर्खा( प्रवासी नेपाली), शेख मोहम्मद अली, दौलतउन्नाहर खमान, डा मोहम्मद अमजद हुसेन, लतिफुर रहमान, मुहम्मद शहीदुल्ला(अमेरिका), प्रा अमेरुल इस्लामलगायत प्राध्यापन, कानून, स्वास्थ्य र समाजसेवा क्षेत्रका बङ्गलादेशी व्यक्तित्वहरुले नेपाल सुन्दर देश रहेको र यहाँका मानिस सज्जन भएको जनाउँदै बङ्गलादेशलाई छिटो मान्यता दिने मुलुक नेपाल र बङ्गलादेश मिलेर यस क्षेत्रमा शान्ति एवं प्रगतिका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।