२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धितोपत्र बजारमा हरेक दिन नयाँ रेकर्ड : दुई दिनकै कारोवार रकम झण्डै १२ अर्ब

२०७७, ८ मंसिर सोमबार ११:५९

मङ्सिर ८, काठमाडौँ (रासस) । धितोपत्र बजारमा हरेक दिन जसो नै नयाँ नयाँ रेकर्ड बनिरहेको छ । आइतबार र आजको कारोवार रकम कूल रु १२ अर्बको हराहरीमा रहेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार पछिल्ला दिनमा बन्द अवस्थामा रहेका होटल उपसमूहको शेयरमा लगातार वृद्धि भइरहेको छ । कम परिमाणका शेयर भएका कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित भएका कारण नेप्सेमा उच्च अङ्कको वृद्धि भएको छ । यस्तै, कारोवार रकममा समेत उल्लेख्य वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार कूल २०१ कम्पनीको एक करोड ६० लाख ३४ हजार ७१७ कित्ता शेयर रु ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३१५ मा खरिद बिक्री भए । कारोवार रकममा आज भएको वृद्धि पछिल्ला दिनको हालसम्मकै उच्च हो । यस्तै, आज कूल १९९ कम्पनीको एक करोड २० लाख २१ हजार ३४७ कित्ता शेयर रु चार अर्ब ७६ करोड २७ लाख चार हजार ६११ मूल्यमा कारोवार भयो । 

स्टकका अनुसार नेप्से आज २.३८ बिन्दुले घटेर एक हजार ७८०.४३ मा  ओर्लेको छ । नेप्सेको सुधार आज रोकिएको भए पनि कारोवार रकम भने झण्डै साँढे चार अर्ब माथि रहेको छ । आज ठूला कम्पनीको कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.१२ अङ्कले ओरालो लागेर ३४४.९५ मा झरेको छ । 

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने आरोलो लागेको छ । बैंकिङ ६.०५, व्यापार २९.१७, होटल ७६.६९ र उत्पादन १३३.९८ बिन्दुले बढेको छ । कारोवारको प्रवृत्ति हेर्दा आज पनि कोरोनाका कारण बन्द भएका होटल उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । विशेष गरी सोल्टी होटल, ¥याडिसन (ओरन्टल )होटलको शेयर मूल्यमा वृद्धि भएको छ । ती दुवै होटल चालू आवको पहिलो त्रैमासमा घाटामा रहेको विवरण सार्वजनिक भएपनि शेयर बजारमा भने सकारात्मक देखिएको छ । 

ओरालो लागेका उपसमूहमा विकास बैंक १.८१, जलविद्युत् १.७५, वित्त १.७६, निर्जीबन बीमा १२५.९७, अन्य १६.०७, लघुवित्त २०.९१, जीवन बीमा १८२.४ र सामूहिक लगानी कोष ०.१७ बिन्दु रहेका छन् । यसैगरी कारोवारका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३० करोड २२ लाख सात हजार ४६३ बराबरको कारोवार भयो ।

यस्तै, नेपाल पुर्नबीमा कम्पनी रु २९ करोड ३० लाख ३३ हजार ७४१, हिमालयन डिस्टिलरी रु २८ करोड ९७ लाख सात हजार २७९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २३ करोड २१ लाख २१ हजार ५१६, प्राइम बैंक रु १७ करोड २१ लख दुई हजार ७०५, एनआइसि एशिया बैंक रु १४ करोड ७९ लाख ७५ हजार ८०८, प्रभु बैंक रु १३ करोड ६१ लख ६९ हजार ८५८ र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको रु १३ करोड ४४ लाख ७८ हजार ५२० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।  

यस्तै कारोवारका आधारमा आज एचआइडिसिएल ९.९२, हिमालयन डिसिटलरी ९.४५, जानकी फाइनान्स ६.०२, मल्टीपर्पोज फाइनान्स कम्पनी ५.५६, महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले ५.३७ प्रतिशतले कमाए । यस्तै, एनआइसि एशिया व्यालेन्स फण्ड ४.५४, सिटिजन म्युचुअल फण्ड ४.३१, गुडविल फाइनान्स ४.०७, नेशनल माइक्रोफाइनान्स ३.८५ र सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले ३.६७ गुमाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह