<p><b>मंसिर १०, काठमाडौँ | </b>नेपालमा पछिल्लो २४ घन्टामा १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा गर्दा १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो | <br></p><p>त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना मुक्त हुनेको संख्या ३१४० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | हाल देशभर सक्रिय १६६३९ संक्रमित रहेका छन् | मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घन्टामा २८ जनाको मृत्यु भएको छ | </p><p>योसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १३८९ पुगेको मन्त्रालयको तथ्यांक छ |</p>
November 25, 2020
काठमाडौँ - KTM, समाज
कोरोनाका कारण एकैदिन २८ जनाको मृत्यु, १९४८ जनामा संक्रमण पुष्टि
By kit
2 मिनेट पढाइ










