<p><b>मंसिर ११, काठमाडौँ </b>| नेपालमा पछिल्लो २४ घन्टामा १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा गर्दा १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो | <br></p><p>त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना मुक्त हुनेको संख्या १४३७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | हाल देशभर सक्रिय १६७९३ संक्रमित रहेका छन् | मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घन्टामा २३ जनाको मृत्यु भएको छ | </p><p>योसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १४१२ पुगेको मन्त्रालयको तथ्यांक छ |</p>
पछिल्लो २४ घण्टामा १६१४ जनामा कोरोना संक्रमण पुष्टि
