Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

By kit

<p><b>मंसिर १२, काठमाडौँ | </b>कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ | मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले आज विज्ञप्ति निकालेर कोरोना महामारीमा खटिने सबै कर्मचारीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन आग्रह गरेका हुन् |<br></p><p>आज बसेको नेपाल सरकार सचिवस्तरको निर्णयअनुसार भन्दै उनले जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिइएका हुन् | जोखिम भत्तासमेत समावेश गरी असोज मसान्त सम्मको ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम निकासा भइसकेको मन्त्रालयले जनाएको छ |</p><p>यस्तै कात्तिक महिनाको रकम भुक्तानीको क्रममै रहेको मन्त्रालयले जनाएको छ |</p>